Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लगानी र व्यवसायिक वातावरण निर्माणमा बुटवल मुलुकमै उत्कृष्ट
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लगानी र व्यवसायिक वातावरण निर्माणमा बुटवल मुलुकमै उत्कृष्ट

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७८ · 0
लगानी र व्यवसायिक वातावरण निर्माणमा बुटवल मुलुकमै उत्कृष्ट
80
SHARES
ShareTweet

जर्मन सहयोग नियोग(जीआइजेड) बाट अवार्ड प्राप्त
बुटवल, १८ असोज । लगानी र व्यवसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगर पालिका नेपालमै पहिलो भएको छ । व्यवसायिक वातावरण सूचकमा मुलुकभरका नगरपालिकालाई पछि पार्दै बुटवलले उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।
जर्मन सहयोग नियोग (जीआइजेड) ले विषयगत विज्ञहरुमार्फत मुलुकका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो । देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरी त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआइजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलले बताउनु भयो ।
टिम लिडर खकुरेलका अनुसार स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यामीशलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाइ सर्वेक्षण गरिएको थियो । सोही मूल्यांकनका आधारमा बुटवल व्यवसायिक वातावरण सूचकमा मुलुकमै पहिलो भएको हो ।
जीआइजेडले बुटवललाई लगानीमैत्री र व्यवसायिक वातावरणमा उत्कृष्ट नगरका रुपमा अवार्ड प्रदान गरेको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीलाई जीआइजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलसहित आएको जीआइजेडको टोलीले प्रमाण पत्र र अवार्ड प्रदान गरेको हो ।

स्थानीय लघु, साना तथा मझौला उद्योगहरूको व्यवसायको अवस्था, सुधारका साथै यसका सेवा प्रदायकहरूको बिक्रीपछिको सेवा सुनिश्चितता र लगानीको वातावरणका बारेमा विज्ञहरुले सर्वेक्षण गरेका थिए । सोही आधारमा व्यसायिक वातावरण सर्वेक्षण (बीजनेश क्लाइमेट सर्वे) २०२०÷२०२१ को नतिजा प्रकाशन गरी अवार्ड प्रदान गरिएको थियो ।
सो अवसरमा बुटवल उपमहानगर प्रमुख शिव सुवेदीले बुटवलले यसअघिको आर्थिक विकास रणनीतिलाई पुनरावलोकन गर्न लागेको र लगानीमैत्री वातावरण बनाउन नयाँ रणनीति बनाइरहेको बताउनु भयो । उहाँले समृद्ध बुटवल र खुशी बुटवलबासीको लक्ष्य अनुरुपका काममा सार्वजनिक र निजी साझेदारी हुने भन्दै सहकार्यका लागि आग्रह गर्नुभयो ।
आर्थिक सम्बन्ध विस्तार गरी लगानीका लागि प्रोत्साहन गर्दै सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी बुटवलबासीको लक्ष्य हासिल गर्नेतर्फ बुटवलका योजना केन्द्रित भएको प्रमुख सुवेदीले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीको भैरहवा आसपास क्षेत्रमा बजार अनुगमन तिब्र

Next Post ≫

समाजवादि युवा संघ बुटवलमा ५१ सदस्यीय नगर समिति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क