Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको भैरहवा आसपास क्षेत्रमा बजार अनुगमन तिब्र
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको भैरहवा आसपास क्षेत्रमा बजार अनुगमन तिब्र

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७८ · 0
रुपन्देहीको भैरहवा आसपास क्षेत्रमा बजार अनुगमन तिब्र
70
SHARES
ShareTweet

गुणस्तरहिन खाद्यवस्तु बिक्री गर्नेलाई कारवाही कालोबजारी ऐन अन्तर्गत कारवाही
जितेन्द्र चौधरी
भैरहवा, १८ असोज । चाडपर्व नजिकिएसँगै रुपन्देहीको भैरहवा आसपास क्षेत्रमा बजार अनुगमनलाई तिव्र पारिएको छ । चाडपर्वको समयमा बजारमा कालो–बजारी र महंगी सृजना गरी उपभोक्ता ठग्ने कार्य बढेको उपभोक्ताहरुको गुनासो पछि बजार अनुगमनलाई तिव्र पारिएको हो ।
बजार अनुगमन टोलीले आइतबार विभिन्न व्यवसायिक प्रतिष्ठान तथा खाद्य सामाग्री बिक्री केन्द्र, पसलहरुको अनुगमन गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख टेकराज भट्टराईको संयोजकत्वमा बजारमा गएको अनुगमन टोलीले बजारका खाद्य, किराना, फलफुल तथा मदिरा पसलहरुको अनुगमन गरेको थियो ।
टोलीले चाडपर्वको समयमा बजारमा कालोबजारी र महंगी सृजना हुन नदिन निरन्तर बजार अनुगमन गरिरहेको र अनुगमनका क्रममा व्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको खाद्य वस्तुको गुणस्तर कायम भए नभएको, उपभोग्य मिति भए नभएको र त्यसको खरिद देखि बिक्री मुल्य समेत हेरेर कैफियत देखिए कसुर अनुसार कारवाही गरिएको कार्यालय प्रमुख भट्टराईले बताउनु भयो ।
उहांका अनुसार अनुगमनका क्रममा १ वर्ष म्याद सकिएका पेय पदार्थ, खाद्य वस्तु भेटिएको, व्यवसाय नवीकरण नभएको तथा विल विजकहरु दुरुस्त नभएको भन्दै ओमसतिया गाउँपालिका–१ ठुलिपिपल स्थित चौधरी फलफुल तथा नास्ता पसललाई १० हजार जरिवाना गरिएको छ । त्यस्तै अनुगमनको क्रममा ठुलो कसुर गरेको भेटिए उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐन अन्तर्गत कडा कारवाही समेत गरिने अनुगमन संयोजक भट्टराईको भनाई छ ।
भट्टराईको संयोजकत्वमा गरिएको बजार अनुगमन टोलीमा कार्यालयका नासु नारायण पन्थी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झविलाल भट्टराई, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय निरीक्षक करुणा गुरुङ, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्ष्मण लम्साल, ओमसतिया गाउँपालिकाका प्रशासकीय अधिकृत दुर्गा पौडेल, ईलाका प्रहरी कार्यालयका धन बहादुर थापा लगायतको सहभागिता थियो ।
बजारमा कालोबजारी हुन नदिने र उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामाग्री खान पाउने अधिकार सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय निरन्तर लागेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झविलाल भट्टराईले बताउनु भयो । ‘चाडपर्वको समयमा कालोबजारी तथा बजारमा अखाद्य सामग्री बिक्री गरी उपभोक्ता ठग्नेहरुमाथि हदै सम्मको कारवाही गर्छौ’ उहांले भन्नुभयो ।
आईतबार गरिएको अनुगमनका क्रममा ठुटिपिपल स्थित चौधरी फलफुल तथा नास्ता पसल र शुभ शर्मा किराना पसलबाट म्याद गुज्रेका पेय पदार्थ र खाद्य वस्तु बरामद गरि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक करुणा गुरुङले बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमामा न्यायका लागि भएको आन्दोलनमा निजी क्षेत्रको एक्यवद्धता

Next Post ≫

लगानी र व्यवसायिक वातावरण निर्माणमा बुटवल मुलुकमै उत्कृष्ट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क