भैरहवा, १६ असोज । तिलोत्तमा नगरपालिका वडा नं. १५ मा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पँुजी २ करोड ३० लाख ४० हजार ३ सय पुगेको छ । संस्थाको गत वर्ष शेयर पुँजी २ करोड १८ लाख ३ सय रहेको थियो । निक्षेप वचत तर्फ १७ करोड १२ लाख २५ हजार ३ सय ४५ रहेको छ । गत वर्ष निक्षेपमा १४ करोड ९४ लाख ७५ हजार ६ सय ३५ रहेको थियो ।
संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा शेयर लाभांश कोषमा ९ लाख ७१ हजार ८ सय ४३ रुपैँया, कर्मचारी बोनसकोषमा १ लाख ७ हजार ९ सय ८२ रुपैँया, सहकारी शिक्षाकोषमा ७९ हजार ४ सय ६५ रुपैँया, घाटा पुर्ति कोषमा ५ लाख २६ हजार ८ सय ३६ रुपैँयाको ब्यवस्था गरेको छ ।
पशुपति सहकारीको आठौँ अधिवेशन तथा २२ औं वार्षिक साधारणसभा बोल्दै तिलोत्तमा १५ का वडा अध्यक्ष खेमराज गुरुङले सहकारीले सेवा सुविधा चुस्त दुरुस्त बनाउनुका साथै शेयर सदस्यको रकम सुरक्षित रहने वातावरण दिगो योजना बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
सहकारीले आफ्नो शेयर सदस्यहरुको आर्थिक उपार्जनको लागि कृषिकर्जा, व्यवसायी कर्जा, शैक्षिक कर्जामा न्यूनतम व्याजदरमा लगानी गरेको अध्यक्ष रामनाथ उपाध्यायले बताउनु भयो । संस्थामा आर्थिक पारदर्शिता रहेकोले कोही कसैको लगानी डुब्छ कि भनेर चिन्ता गर्ने अवस्था नरहेकोले ढुक्क भएर संस्थामा लगानी गर्न उपाध्यायले आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सुशिला पाण्डे, सचिव अर्जुन बस्यालले पनि आफ्ना भनाई राख्नुभएको थियो ।
सहकारीमा नयाँ नेतृत्व
सधारण सभाले संस्थाको नयाँ नेतृतव चयन गरेको छ । संस्थाको अध्यक्षमा डोलराज बस्याल, उपाध्यक्षमा थमन बहादुर क्षेत्री, सचिवमा अर्जुन बस्याल र कोषाध्यक्षमा लिलामणि भुसाल रहनुभएको छ । यस्तै कार्यसमिति सदस्यमा पुरुषोत्तम सुवेदी, ताराप्रसाद नेपाल, गोमा गैरे, भुवानन्द पाण्डे, पूर्णभद्र बस्याल, संगिता श्रेष्ठ, भिमा भण्डारी चयन हुनुभएको छ । लेखा समिति संयोजकमा बिष्णु प्रसाद पाण्डे तथा सदस्यमा चन्द्रकान्त बस्याल र प्रकाश बन्जाडे, ऋण उपसमिति संयोजकमा पशुपति भण्डारी तथा सदस्यमा लक्ष्मण भट्टराई, शिक्षा उपसमिति संयोजकमा दिपक प्रसाद बस्याल तथा सदस्यमा बिष्णुप्रसाद भट्टराई चयन हुनुभएको प्रमुख निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीले जानकारी दिनुभयो ।