Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ टुगा आस्था विकास सहकारी संस्थाको नाफा १ करोड ४४ लाख
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टुगा आस्था विकास सहकारी संस्थाको नाफा १ करोड ४४ लाख

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७८ · 0
टुगा आस्था विकास सहकारी संस्थाको नाफा १ करोड ४४ लाख
100
SHARES
ShareTweet

भैरहवा, १६ असोज । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिवार तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवामा भएको साधारणसभाको उद्घाटन गदै बचत तथा ऋण सहकारी संघ नेपाल (नेफ्स्कुन) लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले बित्तीय कारोवार गर्ने संस्थाले बित्तिय सुरक्षा गर्न सके संस्था सफल हुने बताउनुभयो । पछिल्लो समय केही सहकारीले शुरुवाती समयमा लोकप्रियताको लागि बढि नाफा देखाउने र नाफा बांड्ने तर जगेडा कोषमा पैसा नहुँदा सदस्यले मागेको समयमा बचत फिर्ता गर्न नसकेर धरासायी भएको अवस्था रहेको भन्दै यसतर्फ सजग हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष डि बि थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दुई बर्ष अघि तिन वटा सहकारी संस्था एकिकरण पछि बनेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको मुख्य उद्देश्य बित्तीय सुशासन, प्रतिस्पर्धी तथा समुदायमा आधारित उत्कृष्ट सहकारीको रुपमा अघि बढ्नु रहेको बताउनु भयो । थापाका अनुसार हाल ६७ करोड पुँजीमा निर्माण भएको टुगा आस्थामा तिनवटा पालिकाको ८ वडा कार्यक्षेत्रका ५४ सय सदस्य आवद्ध रहेका छन् ।
संस्थाका सचिव जित बहादुर रास्कोटीको संचालनमा भएको कार्यक्रममा नेफ्स्कुन कार्यक्रम अधिकृत मनोज खड्का, राष्ट्रिय सहकारी बैंक भैरहवाका शाखा प्रमुख आलोक सिवाकोटी, कोषाध्यक्ष लाल बहादुर थापा, प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेल, बरिष्ठ सल्लाहकार भिम बहादुर पुन लगायतले धारणा रख्नुभएको थियो ।
उपाध्यक्ष परशुराम बास्तोलाले स्वागत गर्नुभएको कार्यक्रममा लेखा संयोजक घनश्याम कठरिया थारुले लेखा सुपरिबेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी र सदस्य बिस्तार अभियानकर्तालाई सम्मान गरिएको थियो ।
टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक बर्ष २०७७–०७८ को आषाढ मसान्त सम्म सदस्य संख्या ५ हजार २ सय ७६ जना जसमा २ हजार ४ सय ४७ जना महिला र २ हजार ८ सय २७ जना पुरुष रहेका छन् भने २ जना सदस्य संस्थागत रहेका छन् । संस्थाको सेयर पूंजी ६ करोड ८२ लाख ५ हजार, कर्जा लगानी ५२ करोड ४८ लाख २ हजार ८० र बचत ५० करोड ३९ लाख २४ हजार ६ सय २० रुपैया रहेको छ ।
संस्थाले बचत तथा ऋण बाहेक रेमिट सेवा, बिमा र मोवाईल बैंकिङ मार्फत पनि सेवा दिदै आएको छ । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ओमसतिया गाउँपालिका वडा नं १,२,३, सियारी गाउँपालिकाको वडा नं १ र तिलोत्तमा नगरपालिका वडाहरु ७,८,९,१३,१४,१५,१६ मा कार्यक्षेत्र रहेको छ । संस्थाले सदस्यहरुलाई ६ देखि ९.५ प्रतिशत ब्याजदर दिने गरेको छ भने सदस्यबाट ८.९९ देखि १२ प्रतिशत सम्म ब्याजदर लिने गरेको छ ।
संस्थाको आयकर अघिको मुनाफा १ करोड ४४ लाख ८१ हजार ४ सय १७ रुपैया रहेको छ । संस्थाको कुल पूंजी तथा दायित्व ६३ करोड ९२ लाख १७ हजार ७ सय १ रुपैया रहेको छ ।

≪ Previous Post

पशुपति सहकारी संस्थामा नयाँ नेतृत्व चयन

Next Post ≫

स्काईलार्कमा दुना टपरी बनाउने तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क