Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सदुपयोग सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सदुपयोग सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७८ · 0
सदुपयोग सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा
80
SHARES
ShareTweet

शेयर पूंजी, सदस्यता र ऋण रकमको सिमा बृद्धि गर्ने प्रस्ताव पारित
तिलोत्तमा, १६ असोज । सदुपयोग बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–२, रुपन्देहीको १० औं वार्षिक साधारण सभाले शेयर पूंजी, सदस्यता र धितोमा लगानी गरिने ऋण रकमको सिमा बृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।
शनिवार सम्पन्न साधारण सभाले शेयर सदस्यहरुको शेयर पंूजी निक्षेपको आधारमा बृद्धि गरी २५, १५ र १० हजार पुर्याउने प्रस्ताव पारित गरेको छ । सभाले शेयर सदस्य बृद्धिका लागि सबै शेयर सदस्यहरुलाई परिचालन गर्ने तथा धितोमा लगानी गरिने ऋणको सिमा १० लाख बाट बृद्धि गरी १५ लाख पुर्याउने प्रस्ताव पारित गरेको छ ।
सहकारीले संस्थाका पदाधिकारी तथा कर्मचारीको क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गर्ने, महिलाहरुलाई आत्म निर्भर बनाउन महिला लक्षित कार्यक्रम संचालन गर्ने, उद्यम संचालन गर्न चाहने महिलाहरुलाई सहुलियत दरमा ऋण प्रदान गर्ने, शेयर सदस्यहरुलाई शेयर पूंजीको ५ प्रतिसतका दरले वोनस उपलब्ध गराउने, विजया दशमीको अवसरमा ब्याजको १०० प्रतिसत रकम शेयर सदस्यलाई दशैं खर्च उपलब्ध गराउने तथा रक्तदान कार्यक्रम गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
साधारण सभाको उद्घाटन गर्दै शाईन रेसुङ्गा बैंक बुटवलका कर्पोरेट शाखा प्रमुख किरण शर्मा नेपालले संस्थाले लिएका लक्ष प्राप्तिका लागि संस्थाका सबै पदाधिकारी, संचालक सदस्य तथा शेयर सदस्यहरुले संस्थाको हितलाई प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताउनु भयो । सहकारीका शेयर सदस्यहरुको आर्थिक उन्नतिका लागि कौशी कृषि खेती लगायतका उत्पादनसिल कार्यक्रम संचालन गर्नुपर्नेमा उहांले जोड दिनुभयो ।
तिलोत्तमा क्याम्पसका प्राध्यापक नविन्दु ढकालले सहकारी सदस्य केन्द्रित र सदस्यहरुको नियन्त्रण र ब्यवस्थापनमा चल्ने ब्यवसाय भएकाले संस्थाको गतिविधि प्रति सबै सदस्य सधै चनाखो बन्नु पर्ने र संस्थामा कुनै गल्ती कमजोरी भएमा त्यसको जिम्मेवार म पनि हो भन्ने ढंगले काम गर्नुपर्ने बताउनु भयो ।
पत्रकार खिमानन्द भट्टराईले सहकारी संस्थाको सदस्य बन्ने तर संस्थासंग कुनै कारोवार नगर्ने र संस्थाका गतिविधिमा सहभागिता नजनाउने निष्कृय सदस्यबाट संस्थालाई फाइदा नपुग्ने वताउनु भयो । उहांले सहकारीमा सदस्य संख्या बृद्धिका लागि सदस्यहरुलाई आकर्षित गर्ने खालका कार्यक्रम संचालन गर्नुपर्ने, शैक्षिक प्रोत्साहन, जेष्ठ नागरिक सम्मान तथा संस्थालाई आर्थिक रुपमा सवल वनाउन सहकारी सस्तो पसल जस्ता ब्यवसायिक कार्यक्रम संचालन गर्नुपर्ने सुझाव राख्नुभयो ।
सधारण सभामा सहकारीका अध्यक्ष कर्ण बहादुर टण्डनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दैनिक बचत कार्यक्रम संचालन गरिएको, सदस्य राहत कार्यक्रमलाई निरन्तरता दिइएको, मासिक ब्याज भुक्तान गर्ने सदस्यहरुलाई ब्याजमा छुट दिईएको तथा सहकारी ऐन अनुसार संस्थाको विधान संशोधन गरिएको जानकारी गराउनु भयो ।
संस्थाका सचिव कमल अर्यालको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल कार्कीले स्वागत, कोषाध्यक्ष प्रकाश चापागाईले आर्थिक तथा लेखा समिति संयोजक मुकुन्दराज कँडेलले लेखा समितिको प्रतिवेदान प्रस्तुत गर्नुभएको थियो ।
५१६ जना शेयर सदस्य रहेको सहकारी संस्थाको शेयर पूंजी ६१ लाख ३८ हजार, बचत २ करोड ४८ लाख ४८ हजार ९१० रुपैयाँ र ऋण लगानी २ करोड ८३ लाख ३१ हजार २३१ रहेको छ । संस्थाको आर्थिक बर्ष २०७७÷७८ को कुल नाफा १ लाख ८८ हजार ७०० सय रहेको छ ।

≪ Previous Post

आजदेखि लाफा ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता शुरु

Next Post ≫

पशुपति सहकारी संस्थामा नयाँ नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क