Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आजदेखि लाफा ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आजदेखि लाफा ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता शुरु

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७८ · 0
आजदेखि लाफा ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता शुरु
80
SHARES
ShareTweet

पत्रकार र आयोजक विचको मैत्रीपूर्ण खेलमा आयोजक विजयी
बुटवल, १५ असोज । खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल लाफा समूहको आयोजनामा ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । खेलकुद क्षेत्रलाई ब्यवस्थित गर्दै खेलाडीहरुलाई संरक्षण र व्यवसायिक बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाई छ ।
शिवनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण बहादुर घिमिरेले प्रतियोगिताको उद्घाटन गर्दै खेल क्षेत्रको विकासका लागि पुर्वाधारको विकास आबश्यक रहेको बताउनु भयो । उहांले शिवनगर वन क्षेत्रमा खेलग्रामको योजना अगाडि बढाउन तीन तहकै सरकारको सहकार्यमा काम अघि बढेको बताउनु भयो । धेरै किसिम्का खेल खेल्न मिल्ने गरी सुविधासम्पन्न खेल मैदान बनाउने गरि गुरुयोजना तयार भएको समेत उहांले बताउनु भयो ।
कार्यक्रममा समाजसेवी चक्र बहादुर राना, देवेन्द्र थापा, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, वन विकास समितिका कोषाध्यक्ष राजेन्द्र रिजाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, खेलकुद पत्रकार मन्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, पत्रकार स्वस्तिक श्रेष्ठ, रुपन्देही स्नुकर तथा पुल हाउस संघका अध्यक्ष गजेन्द्र श्रेष्ठ, लाफा समूहका संरक्षक बासुदेव लामिछाने, उपाध्यक्ष बबिन थापा, सचिव यसपाल चौतारेलगायतले खेल क्षेत्रको विकास र युवाहरुलाई खेल प्रति आकर्षित गर्न खेल क्षेत्रको विकासमा सबैको पहल जरुरी रहेको बताउनु भयो ।
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगितामा सहभागि नभएका ४० टिमको सहभागिता रहेको लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मी मगरले बताउनु भयो । प्रतियोगिताको उपाधि विजेतालाई नगद ४० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडलले पुरस्कृत गरिने छ । यसैगरि द्घितीय टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैयाँ तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम, द्घितीय, तृतिय र सान्त्वना पुरस्कार युके निवासी दान बहादुर थापा, देविन थापा, ब्रुस थापा, खेम कुमार (रबि) थापा, दिपेन्द्र थापाले ७५ हजार नगद सौजन्य गर्नुभएको छ ।
प्रतियोगिता संचालनमा ९ लाख १५ हजार खर्च हुने अनुमान गरिएको खेल संयोजक केशव रानाले जानकारी गराउनु भयो । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगमा प्रतियोगिता आयोजना गरिएको उहांले बताउनु भयो ।
प्रतियोगिता अन्तर्गत बुटवल दिपनगर स्थित शिवनगर सामुदायिक बनको खेल मैदानमा रुपन्देहीका पत्रकार र आयोजक लाफा समूह बिच भएको मैत्रीपुर्ण खेलमा लाफा समूह विजयी भएको छ । लाफा समूहका पुर्व खेलाडीहरु ३–१ को सेटमा विजयी भएका छन् । पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै लाफाले खेलमा अग्रता लिएको थियो । तर, तेस्रो सेट पत्रकारले २५–१९ अंकको जित निकाल्दै खेलमा फर्के पनि चौथो सेट लाफाले २५–२२ मा जित्न सफल भएको थियो । आयोजकका अनुसार प्रतियोगिता अन्तर्गतका खेल भने शनिबार बिहान ८ बजे देखि सुरु हुने छ ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघमा ईलेक्ट्रोनिक्स बस्तुगत समिति गठन

Next Post ≫

सदुपयोग सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क