बुटवल, १५ असोज । बुटवल उद्योग बाणिज्य संघले संस्थागत ब्यवसायीहरुको एकता र संघको संगठन सुदृढिकरणमा टेवा पुग्ने गरी बस्तुगत समिति गठनमा जोड दिदै आएको छ । विभिन्न ब्यवसायमा संलग्न संघमा आवद्ध ब्यवसायीहरुको भेला मार्फत संघले बस्तुगत समिति गठन गरेको छ ।
विभिन्न प्रकृतिका बस्तुगत समिति गठन गर्दै आएको संघमा ईलेक्ट्रोनिक्स बस्तुगत समिति गठन गरिएको छ । बिहिबार संघमा भएको सदस्य व्यबसायीहरुको भेलाले दीपा खान्जुको सभापतित्वमा बस्तुगत समिति गठन गरेको हो ।
गठित समितिको उपसभापतिमा शौभाग्य सिमाङ्गैडा, सचिवमा विराज जोशी, कोषाध्यक्षमा गंगाप्रसाद पौडेल र कार्यसमिति सदस्यहरुमा भूपराज न्यौपाने, जीवनाथ पन्थी, किशोर बर्मा, विजेन्द्र कसौधन, नारायण रायमाझी, कृष्णप्रसाद पाण्डे र तिलक ध्वजुलाई चयन गरिएको छ ।
बस्तुगत समितिको सल्लाहकारमा टेकप्रसाद श्रेष्ठ र महेन्द्रप्रसाद श्रेष्ठलाई चयन गरिएको छ । त्यस अवसरमा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यबसायीको हक हित, औद्योगिक बिकास तथा यस क्षेत्रको सामाजिक तथा आर्थिक बिकासमा संघले खेलेको भूमिका स्मरण गर्दै व्यबसायिक समस्या पहिचान गर्न आग्रह गर्नुभयो । उहाँले बस्तुगत समितिले पहिचान गरेका समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेले गठित समितिले सबैलाई समेटेर अगाडी बढ्न र व्यबसायिक बिकासमा काम गर्न सुझाव दिनुभयो ।