काठमाडौं, १५ असोज । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरी स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा एमालेको विधान महाधिवेशन सुरु भएको हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको हो ।
आज देखि शुरु भएको महाधिबेशन तीन दिनसम्म चल्ने छ । विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् ।
महाधिवेशनमा राजनीतिक प्रतिबेदन, सांगठनिक तथा र विधान संशोधन प्रस्ताव पेस गरिनेछ । महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नुहुने छ ।
आज प्रस्तुत भएका प्रतिबेदन तथा प्रस्तावहरु शनिबार समूहगत रुपमा छलफल गरी आवशयक सुझाव सहित पारित हुनेछन् । पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने छ । एमालेको राष्ट्रिय महाधिवेशन भने आगामी मंसिरमा हुनेछ ।