Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा १४ लाख बढिको अबैध सामान वरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा १४ लाख बढिको अबैध सामान वरामद

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0
रुपन्देही प्रहरीद्वारा १४ लाख बढिको अबैध सामान वरामद
80
SHARES
ShareTweet

भैरहवा, १४ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले १४ लाख बढिको अबैध सामान वरामद गरेको छ । चाड पर्व नजिकिए संगै सिमा क्षेत्रबाट हुने अबैध चोरी पैठारी नियन्त्रणका लागि रुपन्देही प्रहरीले विशेष अभियान नै संचालन गरेको छ । अभियान अन्तर्गत प्रहरीले जिल्लाका विभिन्न ठाउंबाट दिनहुं जसो लाखौं मूल्य बराबरका सामान वरामद गरेको छ ।
चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले गस्ती र सुरक्षा सतर्कता बढाए संगै चोरी पैठारीका घटनामा केही कमी आएपनि पुर्ण रुपमा नियन्त्रण भने हुन सकेको छैन । दिनहुं लाखौं मूल्यका सामान वरामद हुनुले पनि अबैध चोरी पैठारी नियन्त्रण गर्न चुनौति छ भन्ने देखाएको छ ।
चोरी तस्करी नियन्त्रण अभियान अन्तर्गत बुधबार र बिहिबार जिल्लाका विभिन्न ठाउंमा गस्तीका लागि खटिएको प्रहरी टोलीले विभिन्न ठाउंमा भारत बाट अबैध रुपमा भन्सार छली ल्याउंदै गरेको अवस्थामा १४ लाख मूल्य बढिको मोटरसाईकल र अबैध सामान वरामद गरेको हो ।
प्रहरी चौकी रम्वापुरबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं.५ गोनाहाबाट लु १ प ७२४१, लु ५ प ५४१८ र लु ३५ प २६०० नं. को मोटरसाईकलमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको ट्रयाक सुट सेट–४७, ट्रयाकसुट पाइन्ट–२०, टिसर्ट–३९, उलनको सुट–१३०, कटन सुट–७२, थान कपडा–१०, साडी–१४ पिस सहित ३ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । प्रहरीले मोटरसाईकल र सामानको ५ लाख पचास हजार मूल्यांकन गरेको छ ।
यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ९ डाडागाउँबाट भारतबाट अबैधरुपमा भन्सार छली,चोरी पैठारी गरी ल्याउदै गरेको बिभिन्न किसिमका लत्ता कपडाहरु, प्लाष्टिक डोरी ६ रोल, गोल्डी मसला २७ के.जी., पापड ३२ के.जी., इनर कपडा १४९ मिटर, चिनी १०० के.जी., जिलेट ब्लेड ४५ पत्ता, काजु ७ के.जी. २५० ग्राम, रजनीगन्धा १ प्याकेट, बिस्कुट १० प्याकेट, चियापत्ती ८ प्याकेट, रेडबुल २ पेटी, प्याम्पस बनाउने फम १ प्याकेट, बिस्कुट १० प्याकेट, ओखर १५ प्याकेट, डेरी मिल्क ८ प्याकेट, चुनरी १६ दर्जन र लुगा सिलाउने धागो १० प्याकेट बरामद गरेको छ । बरामद सामानको मूल्यांकन ४ लाख ७६ हजार ४ सय ३० कायम गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको चिनी ३०० के.जी. र बिभिन्न किसिमका कपडाहरु गरी अन्दाजी मुल्य ४३ हजार ३०० बराबरको अबैध सामान बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरी टोलीले मर्चवारी गाउँपालिका वडा न. ४ बाट भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याउदै गरेको अवस्थामा रु १ लाख मुल्य बराबरको ४ वटा खसी बोका बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका ३ निर्माणा चोकबाट लु.८.प. ५४२२ न.को मोटरसाईकलमा भारतबाट भन्सार छली ल्याउदै गरेको साडी २८ पिस, सुट ३० पिस, २ थान पाईन्ट कपडा र मोटरसाईकल समेत गरी रु ९५ हजार बराबरको अबैध सामान बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका –२ भगवानपुर चोकमा भारतवाट अवैध रुपमा ल्याउदै गरेको २३ हजार ४० रुपैयाँ बराबरको रेडवुल बरामद गरेको छ । यस्तै प्रहरी चौकी चनौलिबगाहबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका –१ बन्दरगाहामा भारतवाट अवैधरुपमा ल्याउदै गरेको धान काट्ने कम्पाईन मेसिनमा प्रयोग हुने (गियर सेट, सापट–१ पिस, ड्रिलपाना, ग्रिज–२ बट्टा) पाटर््स २५ हजार बरबरको बरामद गरेको छ ।
यसैगरी प्रहरी चौकी शुक्रौलीआमाबाट खटिएको प्रहरी टोलीले कोटहिमाई गाउँपालिका १ सिपुवामा भारतबाट अवैध रुपमा ल्याउदै गरेको पुजाको ध्वजा–३० पिस, सल–७४ पिस, लेडिज सुरुवाल–१६ पिस, बच्चाको सुरुवाल–१० पिस, मेक्सी–४ पिस, टिसर्ट–२ पिस, लेडिज ट्राउजर–३ पिस, साडी–७५ पिस, कुर्था–५पिस, स्पोर्ट सुज–६ पिस र पार्टी सुज–२१ पिस गरी १ लाख १७ हजार बराबरको अबैध सामान वरामद गरेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउंबाट बरामद गरेको अबैध सामानको मुल्यांकन १४ लाख २९ हजार ७७० कायम गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाईएको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमामा भुपू सैनिक, सुरक्षाकर्मी र सुपर भेट्रान्स ब्याडमिन्टन हुंदै

Next Post ≫

लुम्विनी प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा. ढकाल नियुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क