Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको तिलोत्तमामा भुपू सैनिक, सुरक्षाकर्मी र सुपर भेट्रान्स ब्याडमिन्टन हुंदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमामा भुपू सैनिक, सुरक्षाकर्मी र सुपर भेट्रान्स ब्याडमिन्टन हुंदै

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0
रुपन्देहीको तिलोत्तमामा भुपू सैनिक, सुरक्षाकर्मी र सुपर भेट्रान्स ब्याडमिन्टन हुंदै
100
SHARES
ShareTweet

बुटवल, १४ असोज । रुपन्देहीको तिलोत्तमामा भूतपुर्व सैनिक, सुरक्षाकर्मी र ५५ वर्ष माथि उमेरका बीच ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । फिट एण्ड फाइन् स्पोर्टसको आयोजनामा शुक्रवारदेखि तिलोत्तमा–३ मा अवस्थित स्पोर्टसको कभर्ड हलमा प्रतियोगिता हुने भएको हो ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा भूतपुर्व सैनिक, सुरक्षाकर्मी र मेन्स डबल सुपर भेट्रान्स (५५ वर्ष माथिका) गरी दुई समूहका खेल हुने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिता बारे जानकारी गराउन विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्पोर्टसका अध्यक्ष केशबहादुर गुरुङले भूपुहरुको सम्मानका लागि प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । प्रतियोगितामा सुपर भेट्रान्स तर्फ विजेताले २० हजार, उपविजेताले १० हजार तथा तेस्रो र चौथो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यसैगरी भूतपुर्व सैनिक र सुरक्षाकर्मी तर्फको विजेताले ३० हजार, उपविजेताले २० र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । तीन लाख बढी खर्च अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न प्रायोजक संस्था, प्रतियोगिहरुबाट उठ्ने प्रवेश शुल्क तथा अन्य रकम संस्थाका सदस्यहरुले नै उठाएर व्यवस्था गरिएको संस्थाका कोषाध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर श्यामबहादुर मल्लले जानकारी दिनु भयो ।
प्रतियोगितामा अफिसियल तर्फ मुख्य एम्पाएरका रुपमा प्रमोद सिंह पहारी र अन्य एम्पाएर हरुमा बसन्त थापा र पदम खप्तरी रहेका छन् । आयोजकका अनुसार काठमाण्डौ, पोखरा, गुल्मी, पाल्पा, स्याङ्जा, धादिङ, कपिलबस्तु लगायतका जिल्लाहरुबाट सहभागि हुने प्रतियोगितामा सुपर भेट्रान्स तर्फ १५ समूह तथा भूतपुर्व सैनिक र सुरक्षाकर्मी तर्फ ४४ समूह सहभागि हुने छन् ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघमा नव उद्यमशालाको लागि आवेदन आह्वान

Next Post ≫

रुपन्देही प्रहरीद्वारा १४ लाख बढिको अबैध सामान वरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क