Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कपिलवस्तुमा काँग्रेसको अधिबेशन : ८ पालिकामा निर्वाचन महाराजगञ्जमा सर्वसम्मत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुमा काँग्रेसको अधिबेशन : ८ पालिकामा निर्वाचन महाराजगञ्जमा सर्वसम्मत

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0
कपिलवस्तुमा काँग्रेसको अधिबेशन : ८ पालिकामा निर्वाचन महाराजगञ्जमा सर्वसम्मत
90
SHARES
ShareTweet

यशोधरा गाउँपालिकाको ७ नम्वर वडामा विवाद
कपिलवस्तु, १४ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत कपिलबस्तु जिल्लाका १० पालिका मध्ये ९ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिबेशन भएका पालिका मध्ये ८ वटामा निर्वाचन प्रक्रिया मार्फत नेतृतव चयन भएको छ भने महाराजगञ्ज नगरपालिकाको नेतृत्व सर्वसम्मत चयन गरिएको थियो । महाराजगञ्ज नगरपालिका सभापतिमा रामअचल चौधरी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
अन्य ८ वटा पालिकामा निर्वाचन भएको थियो । कपिलबस्तुको जिल्ला सदरमुकाम रहेको कपिलबस्तु नगरपालिकाको सभापतिमा खुर्सेद अहमद खाँ निर्वाचित हुनु भएको छ । सभापतिका लागि चार जना विच प्रतिष्प्रधा भएको थियो । जसमा खाँले ८२ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभयो भने उहांका प्रतिस्प्रर्धि कृष्ण शर्माले ६५, प्रशान्त कार्कीले ५६ र मायाँ ज्ञवालीले ७ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै बाणगंगा नगरपालिकाको सभापतिमा विष्णुबहादुर थापा निर्वाचित हुनु भएको छ । थापाले अर्का प्रतिस्प्रधि विरेन्द्र श्रेष्ठलाई १६ मतले पराजित गर्नु भएको छ । थापाले १२१ मत र श्रेष्ठले १०५ मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेदवार रबिराज आचार्यले मात्र ४१ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै बुद्धभूमि नगरपालिकाको सभापतिमा माधव दमासे निर्वाचित हुनुभएको छ । सभापतिमा निर्वाचित दमासेले १९४ मत र प्रतिस्प्रधि सुशिलकुमार चौधरीले मात्र ४० मत प्राप्त गर्नुभएको छ ।
शिवराज नगरपालिकामा पनि निर्वाचन मार्फत नेतृत्व चयन भएको छ । शिवराज नगरपालिकामा भएको अधिबेशनमा ११८ मत प्राप्त गरी मधुसुदन पोखरेल सभापतिमा निर्वाचित हुनुभएको छ । उहांका प्रतिद्धन्दी राजु खरालले ८७ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै कृष्णनगर नगरपालिकाको सभापतिमा देवानन्द शुक्ला निर्वाचित हुनुभएको छ । शुक्लाले ९५ मत प्राप्त गर्नुभएको छ भने सभापतिका अर्का उम्मेदवार अजय उपाध्यायले ७९ मत प्राप्त गर्नुभएको थियो ।
सुद्धोधन गाउँपालिका सभापतिमा विश्वम्भर कुर्मी निर्वाचित हुनु भएको छ । सभापतिमा निर्वाचित कुर्मीले ५७ मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेदवार रामनयन यादवले ४४ मत प्राप्त गर्नुभएको छ ।
मायादेवी गाउँपालिकाको सभापतिमा शैलेन्द्र दुवे निर्वाचित हुनु भएको छ । सभापतिमा निर्वाचित दुवेले ७३ मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रतिस्पर्धी तबारक मुसलमानले ५९ मत प्राप्त गर्नुभयो ।
यस्तै विजयनगर गाउँपालिकाको सभापतिमा १ मतले जानकीप्रसाद यादव निर्वाचित हुनु भएको छ । यादवले ५३ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी राजेश उपाध्यायले ५२ मत प्राप्त गर्नुभएको थियो ।
जिल्लाको यशोधरा गाउँपालिकामा भने वडामा विवाद भएका कारण अधिवेशन हुन सकेको छैन । यशोधरा गाउँपालिकाको वडा नं. ७ मा विवाद भएपछि वडा अधिवेशन रोकिएका कारण गाउँपालिकाको अधिवेशन रोकिएको निर्वाचन समितिले जनाएको छ । नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले वडाको विवाद समाधान गरेर वडा र गाउँपालिकाको निर्वाचित छिटै गरिने बताउनु भयो ।

≪ Previous Post

मानव अधिकारको संरक्षण र सम्बद्र्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री केसी

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघमा नव उद्यमशालाको लागि आवेदन आह्वान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क