Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको पहिरो र प्रकोपको नियन्त्रणका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको पहिरो र प्रकोपको नियन्त्रणका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0
बुटवलको पहिरो र प्रकोपको नियन्त्रणका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण
100
SHARES
ShareTweet

काठमाडौं, १४ असोज । बुटवल ज्योतिनगरको पहिरो र बाढीजन्य प्रकोपको नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि सांसद सहित बुटवलका जनप्रतिनिधीहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमाले उपमहासचिव एबं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर प्रकोप नियन्त्रणका लागि ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले बुटवलको पहिरो ब्यवस्थापन तथा प्रकोप नियन्त्रणका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिने बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाले ज्योतिनगरको पहिरो रोकथाम, पहिरोका कारण विस्थापितलाई स्थायी बसोबासको प्रबन्ध, तिनाउ र दानव नदिले कटान गरेका बस्तीको सुरक्षार्थ तटबन्ध लगायतका कामको योजना अगाडि सारेको छ । उपमहानगरले अगाडि सारेका योजनालाई साकार पार्न उपमहानगरपालिकाले संघीय सरकारको सहयोग र सहकार्य खोजिरहेको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताउनु भयो ।
पहिरो र बाढीजन्य प्रकोपको नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउनुका साथै पहिरोका कारण जाखिममा परेको बस्तीको सुरक्षाका लागि उपमहानगरपालिकाले तयार पारेको आवधिक र दीर्घकालीन योजना समेत प्रधानमन्त्री देउवा, गृहमन्त्री खाँण र मातहतका विभिन्न कार्यालयलाई हस्तान्तरण गरिएको प्रमुख सुवेदीले जानकारी गराउनु भयो ।
ध्यानकर्षण पत्र बुझाउने कार्यक्रममा बुटव ४ का वडाअध्यक्ष टंकप्रसाद पराजुली, १३ का अध्यक्ष नारायणप्रसाद पुन, १ का अध्यक्ष महेन्द्रप्रसाद लिगल, उपमहानगरका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल, नेकपा एमाले उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी, अनेरास्ववियु उपाध्यक्ष यम पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो ।

≪ Previous Post

पेट्रोलियम तथा यातायात ब्यवसायी कुवँरको निधन

Next Post ≫

मानव अधिकारको संरक्षण र सम्बद्र्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क