बुटवल, १४ असाोज । रूपन्देहीका यातायात तथा पेट्रोलियम ब्यवसायी हरिबहादुर कुवँरको निधन भएको छ । कुवँरको बिहीबार विहान १०ः३० बजे उपचारका क्रममा काठमाण्डौंको ग्राण्डी अस्पतालमा निधन भएको हो ।
पश्चिमाञ्चल ट्यांकर ब्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका पूर्व सल्लाहकार, बरिष्ठ यातायात तथा पेट्रोलियम ब्यवसायी, मिलन ब्रदर्स (पेट्रोल पम्प)का संचालक समेत रहनुभएका कुवँरलाई टाउकोमा समस्या देखिए पछि गएको भदौ २१ गते ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
किड्नीमा समस्या देखिए पछि लामो समय भारतको कलकत्तामा उपचार गरेर केही समय अघि मात्र उहां नेपाल फर्किनु भएको थियो । बुटवल ८ सुख्खानगर स्थित आफ्नै घरमा आराम गरिरहेकै अवस्थामा टाउकोमा समस्या देखिए पछि उपचारका लागि काठमाडौं ग्राण्डी अस्पतालमा भर्ना गरिएको छोरा भरत कुवँरले जानकारी दिनु भयो । छोरा भरतका अनुसार उपचारकै क्रममा उहांको ६१ बर्षको उमेरमा बिहिबार विहान निधन भएको हो ।
स्वर्गीय कुवँरको विहिबार नै काठमाडौं स्थित पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । स्वर्गीय कुवँरका १ श्रीमती, १ छोरा र ३ छोरी छन् ।
