भैरहवा, १३ असोज । प्रतिनिधी सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिनिधी मण्डलले बुधबार लुम्बिनीको स्थलगत निरिक्षण गरेको छ । टोलीले लुम्बिनी क्षेत्रको अनुगमन गर्दै लुम्बिनीको समग्र विकासका लागि आवश्यक विषय उठान गर्दै कार्यान्वयनका लागि सरकारलाई सुझाव दिने प्रतिवद्धता जनाएको छ ।
टोलीले लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति केन्द्र स्थापना गर्न सुरकारलाई सुझाव दिने र संयुक्त राष्ट्रसंघको आधिकारिक एजेन्सीको केन्द्र लुम्बिनीमा स्थापना गरेमा त्यसको महत्व संसारभरी फैलिने विश्वास ब्यक्र गरेको छ । लुम्बिनीको विभिन्न बिहार तथा मन्दिरमा आएका विदेशी भिक्षु भिक्षुणीहरुको भिषा थपका लागि सहज प्रक्रिया बनाउन आवश्यक पहल गर्ने र लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलाई स्थापित गर्न विशेष कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिने टोलीले प्रतिवद्धता जनाएको छ ।
सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले ११५ देशका नागरिकले भ्रमण गर्ने लुम्बिनीको अन्तराष्ट्रिय महत्वकोलागि प्रतिनिधी सभा अन्तराष्ट्रिय सम्बन्ध समितिले विशेष महत्वका साथ योजना अगाडी सार्ने विश्वास ब्यक्त गर्नुभयो । । लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति केन्द्र स्थापना गर्र्न पहल गरिदिन आग्रह गर्दै उहांले बिहार एवं मन्दिरमा आएका भिक्षुहरुको भिषामा सहजीकरण गरिदिन समेत आग्रह गर्नुभयो ।
सो अवसरमा विकास कोषका योजना प्रमुख सरोज भट्टराई, सूचना अधिकृत राजन बस्नेतले लुम्बिनी गुरुयोजना तथा लुम्बिनीको पुरातात्विक एवं सांस्कृतिक महत्वका बारेमा सांसदहरुलाई जानकारी गराउनु भएको थियो । प्रतिनिधी मन्डलमा सहभागि सांसदहरुमा दिब्यामणी राजभण्डारी, मोहन बानिया, नारदमुनि राना, रेनुका गुरुङ, सरला यादव, पुष्पा कर्ण कायस्थ, समितिका सचिव सुरज दुरा, सांसद नारदमुनि राना सहभागि हुनुहुन्थ्यो ।
परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको उक्त समितिले काठमान्डौं फर्केपछि समितिको बैठक बसेर सरकारलाई लुम्बिनीका बिषयमा आवश्यक सुझाब दिने र कार्यान्वयनका लागि पहल गर्ने छ । टोलि बुधबार नै काठमाण्डौं फर्केको छ ।