बुटवल, १३ असोज । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा आज(बुधबार)बिहान जीप दुर्घटना हुंदा दुई जना घाईते भएका छन् । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ च ४३२६ नम्बरको बलेरो जीप पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित पानी मिल नजिकै बिहान ७ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–२, बस्ने २८ वर्षीय ज्ञानबहादुर दर्लामी (चालक) र सोही स्थानका २२ वर्षीय रोहित सिंजाली घाईते भएका दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक विष्णुबहादुर कुँवरले जानकारी दिनुभयो । घाइते दुबैजनाको उद्दार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
