Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा रेविज विरुद्धको खोप अभियान सञ्चालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा रेविज विरुद्धको खोप अभियान सञ्चालन

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७८ · 0
तिलोत्तमामा रेविज विरुद्धको खोप अभियान सञ्चालन
60
SHARES
ShareTweet

तिलोत्तमा, १३ असोज । विश्व रेविज दिवस २०७८ को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा रेविज विरुद्धको निःशुल्क खोप अभियान संचालन भएको छ ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको सहकार्यमा तिलोत्तमा नगरपालिकाले खोप अभियान सञ्चालन गरेको हो । असोज १२ गतेदेखि सुरु भएको रेविज विरुद्धको निःशुल्क खोप अभियान असोज १८ गतेसम्म चल्ने तिलोत्तमा नगरपालिका पशु शाखाले जानकारी दिएको छ ।
असोज १२ गते वडा नम्बर १, २ र ५ मा तथा १३ गते वडा नम्बर ३, ४ र ६ मा खोप अभियान सम्पन्न भएको छ । त्यस्तै असोज १४ गते वडा नम्बर ८, ११ र १२ मा, १५ गते वडा नम्बर ९ र ७ मा असोज १६ गते वडा नम्बर १३ र १४ मा, असोज १७ गते वडा नम्बर १० र १७ मा तथा १८ गते वडा नम्बर १५ र १६ मा यो अभियान सञ्चालन हुने नगरपालिका पशु शाखाका प्रमुख राजु कुँवरले बताउनुभयो । सामुदायिक कुकुर जुन छाडा छोडिएका छन्, तिनलाई मुख्य प्राथमिकतामा राखेर रेविज विरुद्धको खोप अभियान चलाइएको र दोस्रो प्राथमिकतामा घरपालुवा कुकुरलाई लगाइने उहांले बताउनु भयो ।
रेविज विरुद्धको खोप अभियानमा नगरपालिका अन्तर्गत पशु शाखाका प्राविधिकहरु खटिएका छन् । रेविज रोग कुकुर तथा अन्य जंगली जनावरको टोकाईबाट मानिसमा सर्ने प्राणघातक रोग हो । रेबिज संक्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानी देखि डराउने लगायतका लक्षण देखिन्छ ।
घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुनपानीले हात धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरुद्धको खोप लगाउन पनि तिलोत्तमा नगरपालिकाले अनुरोध गरेको छ । नगर प्रमुख वासुदेव घिमिरेले १७ वटै वडामा सञ्चालन भएको खोप अभियानमा आफ्ना घरपालुवा कुकुरलाई सहभागि गराउने काममा सहयोग गर्न नगरबासीलाई आग्रह गर्नुभयो । “यो अभियानमा भुस्याहा कुकुरका साथै धेरै भन्दा धेरै घरपालुवा कुकुरलाई रेवि जविरुद्धको खोप लगाउने हाम्रो योजना छ”–उहांले भन्नुभयो । वडा कार्यालयको स्वीकृतिमा मात्रै कुकुर पाल्ने गरी नगरपालिकाले कार्यविधि बनाउन लागेको पनि उहांले जानकारी दिनुभयो ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा ८ लाख बढिको अबैध सामान बरामद

Next Post ≫

पाल्पाको झुम्सामा जीप दुर्घटनाहुंदा दुई जना घाईते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क