भैरहवा, १२ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको आठ लाख बढिको अबैध सामान वरामद गरी बेलहिया भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाईबाट खटिएको प्रहरी टोलीले बिभिन्न ठाउंमा चेकजांचको क्रममा उक्त मुलय बराबरको अबैध सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले जिल्लाको मायादेवी गाउापालिका वडा नम्वर ८ मा भारतबाट भन्सार छली अबैध रुपमा ल्याउंदै गरेको बकरम ३२ मिटर(२०६ पिस), लेस डोरी ६९ पिस, टिसर्ट ५० पिस, रेडिमेड सर्ट ५० पिस, लेगिज ३१ पिस, जुता चप्पल सोल ४७८ जोर, कपडाको जुत्ता ९६ पिस, छालाको बेल्ट २८४ पिस, रेडिमेड टप सेट १९ पिस, चामल राख्ने प्लाष्टिक बोरा ३४५ पिस, थान कपडा १२० मिटर, चिनी ४ बोरा २०० किलो, हेप्पी हेप्पी बिस्कुट ६ प्याकेट सहित अन्य कपडा बरामद गरेको छ । प्रहरीले बरामद सामानको मुल्य ६ लाख ७९ हजार २४० कायम गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नम्वर ६ अमरपथमा अबैध रुपमा भन्सार छली ल्याउंदै गरेको साडी ५० थान, कुर्ता सुरुवाल १५७ थानसहित अन्य कपडा बरामद गरेको छ । बरामद साडी र कुर्ता सुरुवालको मुल्य १ लाख ३७ हाजार ५०० कायम गरिएको प्रहरीले जनाएको छ ।
सबै बरामद सामनको एकमुष्ट मुल्य ८ लाख १६ हजार ७ सय ४० कायम गरी आवश्यक कारवाहीका लागि बेलहिया भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नयव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।