Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पत्रकार शर्मालाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार शर्मालाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७८ · 0
पत्रकार शर्मालाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार
60
SHARES
ShareTweet

बुटवल, १२ असोज । नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आएको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार–२०७७ बाट बुटवलका पत्रकार टोपराज शर्मा पुरस्कृत हुनुभएको छ । विश्व वातावरण दिवसमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण ढिला वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकार शर्मालाई सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गर्नुभएको हो । पुरस्कारको राशी नगद २५ हजार रुपैयां रहेको छ । राज्य टेलिभिजन बुटवलका उपसम्पादक र अनलाइनखबरका वरिष्ठ संवाददाता पत्रकार शर्मा डेढ दशक भन्दा बढी समयदेखि पत्रकारितामा निरन्तर क्रियाशील हुनुहुन्छ ।
उक्त पुरस्कार वातावरण बचाउ आन्दोलन रुपन्देहीका संस्थापक भैरहवाका अग्रज पत्रकार नारायणप्रसााद सापकोटाले स्थापना गर्नुभएको हो । प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली संयोजक तथा लेखक युवराज कंडेल र डिभिजन वन कार्यालयका वन अधिकृत राजन खड्का सदस्य रहेको मूल्यांकन समितिले शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । कार्यक्रममा मुख्यमन्त्री केसी, महासंघ अध्यक्ष पोखरेल, महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य, महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष डा.बालकृष्ण चापागाई, पुर्व सभासद् विनोद पहाडी, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, पुरस्कार स्थापनाकर्ता सापकोटा, महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, प्रेस यूनियन रुपन्देहीका सभापति रेखा भुसाल, मूल्यांकन समितिका सदस्य युवराज कंडेल लगायतले बोल्दै वातावरणसंग सम्बन्धित सवाल विश्वव्यापी रुपमा मानव स्वास्थ्य, जलवायू परिवर्तन, प्राकृतिक स्रोत साधनको संरक्षण लगायतका वहुआयामिक विषयसंग जोडिएकाले सञ्चारमाध्यमले यसलाई प्राथमिकता दिनुपर्ने आग्रह गर्नुभएको थियो ।
सो अवसरमा महासंघ रुपन्देहीले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट हालै ‘बुद्ध दर्शन र सञ्चार’ मा विद्यावारिध हासिल गर्नुभएका महासंघका पूर्वअध्यक्ष डा.बालकृष्ण चापागाईलाई पनि सम्मान गरिएको महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताउनु भयो ।

≪ Previous Post

लुम्बिनी प्रदेश सञ्चार विधेयकलाई सञ्चार मैत्रि बनाउछौं : मुख्यमन्त्री केसी

Next Post ≫

रुपन्देही प्रहरीद्वारा ८ लाख बढिको अबैध सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क