Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेश सञ्चार विधेयकलाई सञ्चार मैत्रि बनाउछौं : मुख्यमन्त्री केसी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश सञ्चार विधेयकलाई सञ्चार मैत्रि बनाउछौं : मुख्यमन्त्री केसी

संसारपोस्ट संवाददाता · १० आश्विन २०७८ · 0
लुम्बिनी प्रदेश सञ्चार विधेयकलाई सञ्चार मैत्रि बनाउछौं : मुख्यमन्त्री केसी
100
SHARES
ShareTweet

बुटवल, १० असोज । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले जारी गर्ने गरी प्रस्तावका रुपमा लगेको लुम्बिनी प्रदेश सञ्चार विधेयकलाई सबैको राय पराशर्मबाट सञ्चार मैत्रि बनाईने बताउनु भएको छ । नेपाल पत्रकार महासंघले आइतबार आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुस्कार वितरण कार्यक्रम एवं एक हप्ते पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सञ्चार विधेयकमा व्यापक बहस गरी दीर्घकालनी रुपमा समेत विधेयकको अर्थ र मर्म बोध हुने गरी तयार गर्न सकिने उल्लेख गर्नुभयो ।
विधेयक फिर्ता गर्दा समय र प्रक्रिया लामो हुने उल्लेख गर्दै मुखयमन्त्री केसीले विधेयक भित्र संसोधन गर्न लायकका विषयहरु संशोधन गरी समयमै जारी गर्न सकेमा सबैलाई हित हुने बताउनुभयो । मुख्यमन्त्री केसीले प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकलाई कसैको जीत र हार भन्दा पनि सबैको लागि हित हुने विषयबाट छलफल गरी अगाडि बढाउनको लागि पत्रकार महासंघले अगुवाई गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनीलाई संञ्चार मैत्री प्रदेश निर्माण गर्नका लागि आफू लागेको बताउँदै सरकारको अभियानमा हातेमालो गर्नका लागि अपिल गर्नुभयो । पत्रकारिता क्षेत्र समाजलाई ज्ञान, सचेतना प्रदान गर्ने माध्यम भएकोले यसको विकास र विस्तार आवश्यक रहेको बताउँदै उहांले सरकारले पनि यस क्षेत्रमा नयाँ गतिका साथ काम गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई बलियो बनाउनको लागि राज्यले नै वातावरण तयार गरिहेकाले यसलाई अझै गति प्रदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासंघ रुपेन्देहीका सँस्थापक अध्यक्ष डा. वालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारका संस्थापक अग्रज पत्रकार नारायण सापकोटा, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस संगठन नेपाल रुपन्देहीका संयोजक कमल रायमाझी, मूल्यांकन समितिका सदस्य युवराज कंडेल लगायतले बोल्दै अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कायम राख्ने गरि कानुन निर्माणमा जोड दिनुभएको थियो ।
उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार शर्मा लाई
कार्यक्रममा उत्कृष्ट वातावरण पत्रकारिता पुस्कार २०७८ बाट अनलाईन खवरका टोपराज शर्मालाई र विद्यावारिधी गर्नुभएका डा. बालकृष्ण चापागाईलाई मुख्यन्त्री कुलप्रसाद केसीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । पुरस्कृत शर्मालाई नगद २५ हजार सहित सम्मान गरिएको थियो ।

≪ Previous Post

आयल निगमका नवआगन्तुक कार्यालय प्रमुखको सम्मानमा स्वागत तथा बिदाई

Next Post ≫

पत्रकार शर्मालाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क