Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल ज्योतीनगरको पहिरो नियन्त्रणलाई प्राथमिकतामा राख्न माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल ज्योतीनगरको पहिरो नियन्त्रणलाई प्राथमिकतामा राख्न माग

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७८ · 0
बुटवल ज्योतीनगरको पहिरो नियन्त्रणलाई प्राथमिकतामा राख्न माग
70
SHARES
ShareTweet

बुटवल, ८ असोज । बुटवल ज्योतीनगरको पहिरो नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्न सरोकारवालाहरुले माग गरेका छन् । पहिरो प्रभावित क्षेत्रका सरोकारवाला, बिभिन्न संघसंस्था, बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, पीडित परिवारको शुक्रबार बसेको बृहत बैठकले प्रदेश सरकार र संघीय सरकारले यसलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने भन्दै पहिरो नियन्त्रणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो ।
ज्योतिनगर क्षेत्र विकास परिषदका अध्यक्ष सहदेव श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सहभागी सरोकारवालाहरुले पहिरो नियन्त्रणका लागि विभिन्न सुझावहरु दिएका थिए । बुटवल उपमहानगरपालिका, प्रदेश सरकार, संघीय सरकारसँग पहिरो नियन्त्रणका लागि आवश्यक कार्य गर्न माग गरिएको बिकास परिषदका संस्थापक अध्यक्ष तथा चुरे तिनाउ बिकास मञ्चका संयोजक कमल गौतमले बताउनु भयो । उहांका अनुसार अन्य कामलाई थन्काई सरकार, राजनीतिक दलहरु, उद्योग बाणिज्य सघ, रुपन्देही ब्यापार संघ, रुपन्देही उद्योग संघ लगायत संघ संस्थाको पहिलो एजेन्डा पहिरो नियन्त्रण हुनुपर्ने बैठकले ठहर गरेको छ ।
ज्योतीनगर क्षेत्रमा तत्कालै प्राबिधिक खटाइ पानीको मुललाई पाइप मार्फत सुरक्षित ढङ्गले ब्यबस्थापन गर्नुपर्ने र सरकारले तत्कालै विशेषज्ञ खटाइ पहिरो नियन्त्रणको लागि गुरुयोजना बनाइ कार्य गर्नुपर्ने बैठकले माग गरेको छ । चुरेमा घाँस दाउरा काट्ने, बाख्रा, गाई चराउनेमाथि कडा कारबाही गर्ने निर्णय गरेको छ । डम्पिङ भएको ढुङ्गा लेदोलाई फाल्ने काम बुटवल उपमहानगरले गरेको र उक्त कामलाई तीव्रता दिन बजेटको अभाव हुन नदिन प्रदेश सरकारले अविलम्ब सहयोग गर्नुपर्नेमा बैठकले जोड दिएको छ । उक्त क्षेत्रमा पहिरो निम्त्याउने ठुला रुख कटान गर्न प्रदेश बन मन्त्रालयले पहल गर्नुपर्ने, बिस्थापित तथा बस्न अयोग्य भएका परिवारलाई घर सहित उपयुक्त स्थानमा लालपुर्जा सहित स्थानान्तरण गर्नुपर्ने र निजहरुलाई स्थानान्तरण नगर्दासम्म कोठा भाडा, आवश्यक सामग्रीको लागि आर्थिक सहयोग गर्नुपर्ने, प्रादेशिक अस्पताल बुटवलमा निशुल्क स्वास्थ्य उपचार हुनुपर्ने, विद्युतको महशुल, टेलिफोन महशुल मिनाहा हुनुपर्ने लगायतका माग बैठकले गरेको छ । त्यस्तै पहिरो पीडितहरुले कर्जा लिएको भए बैक, बित्तिय, सहकारी संस्थाले लिएको ब्याज दरमा छुट हुनुपर्ने, बिद्यालयले लिएको शुल्क मिनाहा गर्नुपर्ने, परिवारको एक सदस्यलाई स्वदेशमा वा विदेशमा सरकारी कोटामा रोजगार दिनुपर्ने निर्णय बैठकले गरेको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीमाथि भएको भौतिक हमलाप्रति गम्भीर दुःख ब्यक्त गर्दै बैठकले उक्त घटना सुनियोजित नभएको ठहर गर्दै घटनामा संलग्न गणेश पंगेनीलाई थुनामुक्त गर्न माग गरेको छ । भेलामा बुटवल–३ का कार्यवाहक वडाअध्यक्ष लिला श्रेष्ठले आवश्यक समन्वय र सहकार्य गर्न वडा कार्यालय तयार रहेको बताउँदै उपमहानगरले सक्दो काम गरेको र गर्ने बताउनु भयो ।
भेलामा घनश्याम चापागाइ, पदम रिजाल, कृष्ण पछाइ, वडा सदस्य चिन बहादुर गुरुङ्ग, बिष्णु गुरुङ्ग, कमल केसी, टेकलाल अर्याल, नेत्र आचार्य, वडा सदस्य सरस्वति कुँवर, सुन्दर गुरुङ्ग, कृष्ण पाण्डे, भलाई कोषका उपाध्यक्ष छबि थापा, बिष्णु केसी, विनोद पौडेल, नरायण रानाभाट लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

≪ Previous Post

रुपन्देहीमा अबैध लागु औषध सहित ६ जना पक्राउ

Next Post ≫

नेपाली काँग्रेसको १४ औं महाधिबेशन : आज ६४ जिल्लामा पालिका तहको अधिवेशन हुंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क