Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा अबैध लागु औषध सहित ६ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा अबैध लागु औषध सहित ६ जना पक्राउ

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७८ · 0
रुपन्देहीमा अबैध लागु औषध सहित ६ जना पक्राउ
80
SHARES
ShareTweet

भैरहवा, ८ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका बिभिन्न ठाउँबाट अबैध लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले सन्चालन गरेको लागु औषध विरुद्धको अभियान अन्तर्गत उनीहरु पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले १० ग्राम २०० मिलिग्राम तौल परिमाणमा ब्राउन सुगर जस्तो धुलो पदार्थ, तौल गर्न प्रयोग गरिने (डिजिटल तराजु) १ थान सहित कारोवारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
वडा बाट खटिएको प्रहरी टोलीले १.वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगर नगरपालिका ६ महाबिरपथमा बा ३ प २७३९ को मोटरसाईकल चालक चालक भारत महाराजगंज नौतनहवा बस्ने बर्ष २२ को तारकेश्वर हरिजन र लु ३१ प ३६१२ नं. को मोटरसाईकल चालक जिल्ला रुपन्देही मायादेबी गाउँपालिका ३ बस्ने बर्ष २९ को बालमुकुन्द हरिजन र सोही मोटरसाईकल पछाडी सवार जिल्ला सप्तरी कंचनरुप नगरपालिका १० बस्ने बर्ष २१ को रबिन्द्र कुमार रावतको शरिर र मोटरसाईकल खानतलासी गर्दा उक्त परिमाणको लागु औषध बरामद गरेको हो । प्रहरीका अनुसार बालमुकुन्द हरिजनको साथबाट प्लाष्टिको पुरियामा रहेको ११ पुरिया (६ ग्राम ५००मिलिग्राम) र निज हरिजन डेरा गरी बस्ने घरको कोठाबाट ११ पुरिया (३ ग्राम ७०० मिलिग्राम) गरी जम्मा १० ग्राम २०० मिलिग्राम तौल परीमाणमा ब्राउनसुगर जस्तो धुलो पदार्थ बरामद भएको हो ।
यस्तै प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका ५ मझौनि चोकमा लु ४ प ११३४ न.को मोटर साईकल चेकजांच गर्दा मोटरसाईकलको लेगगाडमा झुण्डाई ल्याएको अवस्थामा डाईजेपाम ३०२ सि.सि, नुफिम ३०० सि.सि र फेनोरागन ३०० सिसि बरामद गरेको छ । प्रहरीले मोटरसाईकल चालक जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं. १६ वस्ने वर्ष १९ को इस्लाम चुरीहार र पछाडी सवार सोही ठाउं बस्ने वर्ष २० को आलम चुरीहारलाई मोटरसाईकल सहित पक्राउ गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ५ मा लु ४४ प ५८६० नं.को मोटरसाईकलमा अबैध लागु औषध ल्याउदै गरेको अवस्थामा मायाँदेवी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३४ को नन्दलाल मल्लाहलाई विनरफ नामक अबैध लागु औषध २७ बोत्तल सहित पक्राउ गरेको छ । प्रहरीले प्रति बोत्तल १०० मिलिग्राम लागु औषध सहित निजको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गराई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

≪ Previous Post

रुपन्देहीको मर्चवारीमा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघको ८ औं शाखा

Next Post ≫

बुटवल ज्योतीनगरको पहिरो नियन्त्रणलाई प्राथमिकतामा राख्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क