भैरहवा, ८ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका बिभिन्न ठाउँबाट अबैध लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले सन्चालन गरेको लागु औषध विरुद्धको अभियान अन्तर्गत उनीहरु पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले १० ग्राम २०० मिलिग्राम तौल परिमाणमा ब्राउन सुगर जस्तो धुलो पदार्थ, तौल गर्न प्रयोग गरिने (डिजिटल तराजु) १ थान सहित कारोवारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
वडा बाट खटिएको प्रहरी टोलीले १.वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगर नगरपालिका ६ महाबिरपथमा बा ३ प २७३९ को मोटरसाईकल चालक चालक भारत महाराजगंज नौतनहवा बस्ने बर्ष २२ को तारकेश्वर हरिजन र लु ३१ प ३६१२ नं. को मोटरसाईकल चालक जिल्ला रुपन्देही मायादेबी गाउँपालिका ३ बस्ने बर्ष २९ को बालमुकुन्द हरिजन र सोही मोटरसाईकल पछाडी सवार जिल्ला सप्तरी कंचनरुप नगरपालिका १० बस्ने बर्ष २१ को रबिन्द्र कुमार रावतको शरिर र मोटरसाईकल खानतलासी गर्दा उक्त परिमाणको लागु औषध बरामद गरेको हो । प्रहरीका अनुसार बालमुकुन्द हरिजनको साथबाट प्लाष्टिको पुरियामा रहेको ११ पुरिया (६ ग्राम ५००मिलिग्राम) र निज हरिजन डेरा गरी बस्ने घरको कोठाबाट ११ पुरिया (३ ग्राम ७०० मिलिग्राम) गरी जम्मा १० ग्राम २०० मिलिग्राम तौल परीमाणमा ब्राउनसुगर जस्तो धुलो पदार्थ बरामद भएको हो ।
यस्तै प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका ५ मझौनि चोकमा लु ४ प ११३४ न.को मोटर साईकल चेकजांच गर्दा मोटरसाईकलको लेगगाडमा झुण्डाई ल्याएको अवस्थामा डाईजेपाम ३०२ सि.सि, नुफिम ३०० सि.सि र फेनोरागन ३०० सिसि बरामद गरेको छ । प्रहरीले मोटरसाईकल चालक जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं. १६ वस्ने वर्ष १९ को इस्लाम चुरीहार र पछाडी सवार सोही ठाउं बस्ने वर्ष २० को आलम चुरीहारलाई मोटरसाईकल सहित पक्राउ गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ५ मा लु ४४ प ५८६० नं.को मोटरसाईकलमा अबैध लागु औषध ल्याउदै गरेको अवस्थामा मायाँदेवी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३४ को नन्दलाल मल्लाहलाई विनरफ नामक अबैध लागु औषध २७ बोत्तल सहित पक्राउ गरेको छ । प्रहरीले प्रति बोत्तल १०० मिलिग्राम लागु औषध सहित निजको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गराई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
