Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको मर्चवारीमा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघको ८ औं शाखा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको मर्चवारीमा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघको ८ औं शाखा

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७८ · 0
रुपन्देहीको मर्चवारीमा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघको ८ औं शाखा
110
SHARES
ShareTweet

मर्चवार, ७ असोज । संगठन विस्तार अभियान अन्तर्गत नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ(काउन)ले रुपन्देहीको दक्षिण क्षेत्र मर्चवारको मर्चवारी गाउँपालिकामा गाउँ समिति गठन गरेको छ । मर्चवारमा शाखा विस्तार संगै काउन रुपन्देहीका विभिन्न गाउँ र नगरमा ८ वटा शाखा पुगेका छन् ।
मर्चवारी गाउँपालिका वडा नम्वर ३ ओडवलियामा विहीबार सम्पन्न काउन मर्चवारी गाउँ समितिको प्रथा साधारण सभा तथा अधिबेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिबेशनवाट सामदेव भरको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति र ४ सदस्यीय सल्लाहाकार समिति चयन भएको छ । समितिको उपाध्यक्षमा राजेश यादव, महिला उपाध्यक्षमा गुडिया यादव, सचिवमा सुनरमन प्रसाद धवल र कोषाध्यक्षमा शिवकुमार धवल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा प्रमोद चौधरी, जनार्दन मौर्य, कलामुद्धिन खान, शकुन्तला हरिजन, प्रभावती तेली र ओमप्रकाश यादव तथा सल्लाहाकारमा रामभवन लोध, अनिलकुमार जयसवाल, घनश्याम यादव र सुकई हरिजन रहनुभएको छ ।
यसअघि प्रथम साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै काउनका केन्द्रीय अध्यक्ष जे वि गुरुङले काउन असंगठित क्षेत्रका मजदुरहरुको हकहितका लागि स्थापना भएको संस्था भएकाले काउनमा आवद्ध सबै मजदुरहरु संस्थालाई बलियो वनाउन लाग्नुपर्ने वताउनु भयो । एक्लै बोल्दा कसैले नसुन्ने र अन्यायमा परेकाले पनि न्याय नपाउने भन्दै अध्यक्ष गुरुङले संगठित रुपमा आवाज उठाउन सके सुनुवाई पनि हुने र अधिकार स्थापित गर्न पनि सहज हुने बताउनु भयो । उहांले आफुलाई कमजोर नठानेर अगाडि बढ्न मजदुरहरुलाई आग्रह गर्नुभयो ।
काउन रुपन्देहीका जिल्ला अध्यक्ष सूर्यदेव दासले हरेक विकास निर्माणमा मजदुर वर्गको महत्वपुर्ण भूमिका रहे पनि मजदुर वर्ग सधै अन्यायमा पर्ने गरेका बताउनु भयो । उहांले मजदुरहरुको हक अधिकारका लागि काउनले आवाज उठाईरहेको भन्दै अधिकार प्राप्तिका लागि मर्चवार क्षेत्रमा काउनले शाखा विस्तार गरी मजदुरहरुलाई संगठित गरेको बताउनु भयो ।
कार्यक्रममा जनप्रतिनिधी मर्चवारी गाउँपालिका–५ का वडाअध्यक्ष सुनिल कलवार, कोटईमाई गाउँपालिका –५ का डाअध्यक्ष हनुमान यादव, नेपाली काँग्रेसका नेता गया बरई, काउनका जिल्ला सल्लाहकार शुसिल घिमिरे, पत्रकार खिमानन्द भट्टराई, काउन शुद्धोधनका अध्यक्ष रमेशचन्द्र मुराउ, बुटवल ईकाई उपाध्यक्ष मोहिनी चौधरी, स्थानीय समाजसेवी राजकुमार सिंह, कृष्ण सिंहलगायतले मजदुर वर्गका समस्या समाधान र उनीहरुको हक अधिकारका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताउनु भयो ।
मुस्तकिन चुरिहारको अध्यक्षतामा भएको कार्यक्रममा काउन लुम्विनी सांस्कृतिक नगर समितिका सचिव राजाराम मुराउले पनि आफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

नेपाली काँग्रेसको १४ औं महाधिबेशन :बुटवल उपमहानगरमा खेलराज पाण्डे नेतृत्वको उम्मेदवारी घोषणा

Next Post ≫

रुपन्देहीमा अबैध लागु औषध सहित ६ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क