Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली काँग्रेसको १४ औं महाधिबेशन :बुटवल उपमहानगरमा खेलराज पाण्डे नेतृत्वको उम्मेदवारी घोषणा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेसको १४ औं महाधिबेशन :बुटवल उपमहानगरमा खेलराज पाण्डे नेतृत्वको उम्मेदवारी घोषणा

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७८ · 0
नेपाली काँग्रेसको १४ औं महाधिबेशन :बुटवल उपमहानगरमा खेलराज पाण्डे नेतृत्वको उम्मेदवारी घोषणा
120
SHARES
ShareTweet

बुटवल, ७ असोज । नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत यही असोज ९ गते हुने नगर अधिवेशनका लागि गाउँ\नगरपालिकाका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा र प्रचार प्रसारलाई तिब्र बनाएका छन् ।
रुपन्देहीका बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, लुम्विनी सांस्कृतिक नगरपालिका तथा गाउँपालिकामा चुनावी अभियानमा रहेका उम्मेदवारहरुले प्यानल सहित र एकल उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा अन्तर्गत बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेको नेतृत्वमा प्यानल सहितको उम्मेदवारी घोषणा गरिएको छ । पाण्डेको नेतृत्वको प्यानलमा उपसभापति ज्योती भण्डारी र हितमान पुन,सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरुषोत्तम खनाल रहनु भएको छ ।
पाण्डे नेपाली काँग्रेस बुटवल उपमहानगरको मौजुदा नगरसभापति हुनुहुन्छ । पाण्डेको प्यानल संस्थापन इतर पक्ष मानिन्छ । बिहिबार एक कार्यक्रमका बिच उम्मेदवारी घोषणा गर्दै नगर सभापति पदका उम्मेदवार पाण्डेले पार्टीको नगर समितिलाई थप चलायमान र शसक्त बनाउँदै सबैलाइ समेटेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
उम्मेदवारी घोषणासभा कार्यक्रमको अध्यक्षता गर्नुभएका काँग्रेसका जिल्ला सदस्य रामबहादुर कार्कीले आफुहरुले अन्तिम समय सम्म सहमतिको प्रयास गरिरहेपनि अर्को पक्ष सहमतिमा नआएर प्यानल खडा गरेपछि आफुहरुले पनि उमेदवारी घोषणा गरेको बताउनु भयो ।
सभापतिमा रिता केसीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवल उपमहानगरपालिकाको सभापति पदका लागि रिता केसीले पनि प्यानल सहित उम्मेदवारी घोषणा गर्नुभएको छ ।
केसीको समूहबाट उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरेले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
बिहीबार बुटवलमा आयोजित उम्मेदवारी घोषणा सभामा सभापतिका उम्मेदवार केसीले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

≪ Previous Post

नेपाली काँग्रेसको १४ औं महाधिवेशन : तिलोत्तमामा हरिलाल पाण्डे नेतृत्वको उम्मेदवारी घोषणा

Next Post ≫

रुपन्देहीको मर्चवारीमा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघको ८ औं शाखा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क