Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपुरमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २४ जना घाइते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २४ जना घाइते

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७८ · 0
नवलपुरमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २४ जना घाइते
90
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, २९ भदौ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–१० स्मृति पुल नजिकै बस र ट्रक मंगलबार विहान एक आपसमा ठक्कर खाँदा ३ जनाको निधन भएको छ भने २४ जना घाइते भएका छन् ।
काँकडभित्ता देखि महेन्द्रनगरतर्फ जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा ३ जनाको निधन भएको हो भने २४ जना घाइते भएको हुन् ।
दुर्घटनामा परी बर्दिया जिल्लाको बासगढी नगरपालिका ८ निवासी ७० बर्षीया योगमाया सुवेदी, कञ्चनपुर निवासी ४० बर्षीया रंगी तिरुवा र कञ्चनपुरकै महेन्द्रनगर झरारी निवासी वर्ष ३५ को कृष्ण रानाको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताउनु भयो । मृत्यु हुने सबै बसमा सवार यात्रुहरु रहेका प्रहरी जनाएको छ ।
दुर्घटनामा परी ट्रक चालक १ जना र बाँकी बस चालक सहित बसमा सवार अन्य यात्रु रहेका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर, ७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ ।
दुर्घटनामा परी बस सडकदेखि १० फिट तल खसेको थियो । दुर्घटना आज विहान ४ बजेतिर भएको हो । घाइतेहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीले दिएको घाइतेहरुको विवरण :
१.जिल्ला झापा बाहुनडांगी बस्ने बर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, सामान्य ।
२.जिल्ला मोरङ विराटनगर माहानगरपालिका –३ बस्ने बर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
३. सोही ठाउं बस्ने बर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
४.जिल्ला कैलाली बस्ने बर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, सामान्य ।
५. जिल्ला कन्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं.–१ बस्ने वर्ष ४९ को मोहन कोईराला, पेटमा चोट, सामान्य ।
६. जिल्ला जुम्ला तिला गाउँपालिका वडा नं.–४ बस्ने बर्ष २६ को चन्द्र नाथ योगी, हात र खुट्टामा चोट, सामान्य ।
७. सोही ठाउं बस्ने वर्ष ३३ को टोप बहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर ।
८. बस चालक जिल्ला कन्चनपुर कञ्चनपुर नगरपालिका –४ बस्ने वर्ष ४२ को लाल विर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम ।
९. जिल्ला रुपन्देही वस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम ।
१०. जिल्ला बर्दिया वाँसगढी नगरपालिका वडा नं.–८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर ।
११. जिल्ला झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
१२. जिल्ला कन्चनपुर झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम ।
१३. ट्रक चालक जिल्ला प्यूठान प्यूठान नगरपालिका –१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम ।
१४. जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपलिका वडा नं.–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, सामान्य ।
१५. जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउापालिका वडा नं.–३ वस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, सामान्य ।
१६. नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका वडा नं.–३ वस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, सामान्य ।
१७. नवलपरासी (पूर्व) पुरानो बेलहानी बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, सामान्य ।
१८. जिल्ला कन्चनपुर बेलपुर ९ बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भिर (रा.अ.कर्मचारी) ।
१९. जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.–७ वस्ने बर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, मध्यम ।
२०. जिल्ला महोत्तरी बर्दिवास नगरपालिका वडा नं.–७ बस्ने बर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।

≪ Previous Post

टोयोटाको एक्सचेन्ज अफर : पुरानोको उत्कृष्ट मूल्यांकन,नयाँमा आकर्षक छुट

Next Post ≫

रुपन्देहीमा ८ महिने नाबालक छोराको हत्या आरोपमा बुवा आमा पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क