बुटवल, २९ भदौ । टोयोटाको लागि नेपालको आधिकारिक वितरक युनाइनेट ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले दशैं तिहार लाई लक्षित गरी एक्सचेन्ज अफर आयोजना गरेको छ । भदौ २८ गते देखि शुरु भएको एक्सचेन्ज अफर असोज २ गते सम्म संचालन हुने छ ।
कम्पनीले अन्य जुनसुकै कम्पनीका पुरानो मोडलका गाडी साटफेर (एक्सचेन्ज) गर्नुका साथै पुरानो गाडीको उत्कृष्ट मूल्यांकन र नयाँसँग एक्सचेन्ज गर्दा आकर्षक छुट सहित अन्य अफर दिने योजना ल्याएको अटोवेज प्रा. लि. बुटवलका संचालक लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।
टोयोटाको लागि नेपालको आधिकारिक वितरक युनाइनेट ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले लुम्बिनी अञ्चलका लागि अटोवेज प्रा. लि. बुटवल कालिकानगर, नारायणी अञ्चलका लागि चितवन र गण्डकी अञ्चलका लागि पोखरामा आधिकारिक विक्रेता राखेको छ । कम्पनीको एक्स्चेन्ज अफर योजना अन्तर्गत बुटवल अटोवेज प्रा. लि. ले बुटवल कालिकानगरमा टोयोटाको एक्सचेन्ज अफर संचालन गरेको छ ।
टोयोटा कम्पनीले ल्यान्डक्रुजर, प्राडो, र्याभफोर, फर्चुनर, कोरोला, रस, हाइलक्स, इटीएस लिभा, क्याम्री, इटीएस क्रस, हायस, कोपस्टार बस लगायतका प्यासेन्जर कार बिक्री वितरण गर्दै आएको छ ।
