Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमाकी सीता मृत्यु प्रकरणको निष्पक्ष छानविन गर्न काँग्रेस वडा समितिको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाकी सीता मृत्यु प्रकरणको निष्पक्ष छानविन गर्न काँग्रेस वडा समितिको माग

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७८ · 0
तिलोत्तमाकी सीता मृत्यु प्रकरणको निष्पक्ष छानविन गर्न काँग्रेस वडा समितिको माग
110
SHARES
ShareTweet

तिलोत्तमा, २९ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वाड नं.५, मणिग्राम कफिकम्पनी घर भएकी र तिलोत्तमा नगरपालिकाको वाड नं.८,चार नम्बर बजारमा माइती घर भएकी २७ वर्षीय सीता भण्डारी पौडेलको यही भदौ २० गते राती आफ्नै घरमा भएको असामयिक, अस्वभाविक र रहस्यमय मृत्युको घट्ना प्रति नेपाली काँग्रेस तिलोत्तमा ५ वडा समितिले दुख ब्यक्त गरेको छ ।
वडा सभापति रमेश डुम्रेले विज्ञप्ति जारी गरी झण्डै २ वर्ष अगाडि मणिग्राम कफि कम्पनी निवासी टिका पौडेलसंग बैवाहिक सम्वन्धमा गासिएकी सीता पौडेलको मृत्यु रहस्यमय घट्नामा परिणत हुन पुगेको र उक्त घट्नाको निष्पक्ष र विश्वसनीय रुपमा छानविन, सत्य तथ्य सार्वजनिक गर्ने र दोषीलाई कडा भन्दा कडा कार्वाही हुने कुरा प्रति समग्र तिलोत्तमा वासी ढुक्क हुन सकेको अवस्था छैन भनिएको छ ।
‘यस्तो परिस्थितिमा विशेष गरी सामाजिक न्याय र मानवीयतासंग जोडिएको यस्तो घट्नालाई अत्यन्त गम्भिरताका साथ लिन, घट्नाको सुक्ष्म अध्ययन अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याई पीडित परिवारलाई न्याय दिलाउन तत्काल पहलका लागि नेपाली काँङग्रेस वडा समिति सम्बन्धित सरोकारवाला स्थानीय निकाय र प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सीता भण्डारी पौडेलको अस्वभाविक निधन प्रति शान्तिपूर्ण तरिकाबाट आम नगरबासी, अधिकारकर्मी महिला दिदी बहिनी र युवा युवतीले न्यायका लागि विरोध प्रदर्शन गर्ने, प्रशासन समक्ष ढोका ढक्ढकाउने जस्ता कुरालाई स्वभाविक रुपमा लिन आगैह गर्दै यस्तो अभियानमा कहि कतैबाट दबाब दिने र अवरोध गर्न खोजेमा सम्बन्धित निकाय नै समाजका अगाडी दोषी ठहरिने भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराईएको छ । वडा समितिले स्वर्गीय सीता प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघमा डिलर्स बस्तुगत समिति गठन

Next Post ≫

टोयोटाको एक्सचेन्ज अफर : पुरानोको उत्कृष्ट मूल्यांकन,नयाँमा आकर्षक छुट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क