तिलोत्तमा, २९ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वाड नं.५, मणिग्राम कफिकम्पनी घर भएकी र तिलोत्तमा नगरपालिकाको वाड नं.८,चार नम्बर बजारमा माइती घर भएकी २७ वर्षीय सीता भण्डारी पौडेलको यही भदौ २० गते राती आफ्नै घरमा भएको असामयिक, अस्वभाविक र रहस्यमय मृत्युको घट्ना प्रति नेपाली काँग्रेस तिलोत्तमा ५ वडा समितिले दुख ब्यक्त गरेको छ ।
वडा सभापति रमेश डुम्रेले विज्ञप्ति जारी गरी झण्डै २ वर्ष अगाडि मणिग्राम कफि कम्पनी निवासी टिका पौडेलसंग बैवाहिक सम्वन्धमा गासिएकी सीता पौडेलको मृत्यु रहस्यमय घट्नामा परिणत हुन पुगेको र उक्त घट्नाको निष्पक्ष र विश्वसनीय रुपमा छानविन, सत्य तथ्य सार्वजनिक गर्ने र दोषीलाई कडा भन्दा कडा कार्वाही हुने कुरा प्रति समग्र तिलोत्तमा वासी ढुक्क हुन सकेको अवस्था छैन भनिएको छ ।
‘यस्तो परिस्थितिमा विशेष गरी सामाजिक न्याय र मानवीयतासंग जोडिएको यस्तो घट्नालाई अत्यन्त गम्भिरताका साथ लिन, घट्नाको सुक्ष्म अध्ययन अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याई पीडित परिवारलाई न्याय दिलाउन तत्काल पहलका लागि नेपाली काँङग्रेस वडा समिति सम्बन्धित सरोकारवाला स्थानीय निकाय र प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सीता भण्डारी पौडेलको अस्वभाविक निधन प्रति शान्तिपूर्ण तरिकाबाट आम नगरबासी, अधिकारकर्मी महिला दिदी बहिनी र युवा युवतीले न्यायका लागि विरोध प्रदर्शन गर्ने, प्रशासन समक्ष ढोका ढक्ढकाउने जस्ता कुरालाई स्वभाविक रुपमा लिन आगैह गर्दै यस्तो अभियानमा कहि कतैबाट दबाब दिने र अवरोध गर्न खोजेमा सम्बन्धित निकाय नै समाजका अगाडी दोषी ठहरिने भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराईएको छ । वडा समितिले स्वर्गीय सीता प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
