भैरहवा, २८ भदौ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी ईकाई कार्यालय बाट खटिएको प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट बिभिन्न मितिमा भारतबाट भन्सार छली अबैध रुपमा नेपाल भित्र्याउंदै गरेको अबस्थामा ७ लाख बढीको अबैध सामान र मोटरसाईकल बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय सुर्यपुरा मातहत प्रहरी चौकी पोहवाबाट खटिएको प्रहरी टोलीले जिल्लाको गैंडहवा गाउँपालिका वडा नं. ४ मा भारतबाट अबैधरुपमा भन्सार छली नेपालतर्फ ल्याउंदै गरेको ३५ किलो जिरा र पास्ता(म्याक्रोनी) २ बोरा रु. २० हजार बराबरको बरामद गरेको छ । यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनी मातहत प्रहरी चौकी शुक्रौलीआमा बाट खटिएको प्रहरी टोलीले जिल्लाको लुम्बिनी सांस्कृतिक नगर पालिका २ लम्तीहवामा भारतबाट अबैधरुपमा ल्याउंदै गरेको फिक्स र फितावाला सानो ठुलो चप्पल ५० जोर रु. १० हजार बराबर र प्रहरी चौकी कालीदहबाट खटिएको प्रहरी टोलीले १० पिस कुर्ता, ४ सेट कुक्कर र ४ पिस स्टिल लोटा गरी मूल्य रु. १५ हजार बराबरको अबैध सामान बरामद गरेको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय मर्चवारीबाट खटिएको प्रहरी टोलीले मर्चवारी गाउँपालिका वडा नं. १० सुमेरुगढमा नेपालबाट अबैधरुपमा भारततर्फ लैजांदै गरेको १२ बोरा भटमास तथा मर्चवारी गाउँपालिका वडा नं. ६ दुईमुहानमा युपी प्रदेश ५३ बी ३५४३ नम्बर र युपी ५३ बीएल ६०१८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल ल्याउंदै गरेको बिभिन्न किटनासक औषधी, चिनी, मोटरसाईकलको सिट कभर, कुर्था र मोटरसाइकल गरी रु. २ लाख ५७ हजार २५० को अबैध सामान बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी पिप्रहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. ६ बिष्णुपुरुवामा भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको अवस्थामा १५ पेटी सिटिस्क्यान पेपर रु. ३ लाख ९८ हजार ४०० र प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल ल्याउंदै गरेको रु. १६ हजार बराबरको सुटको कपडा सहित ४ लाख १४ हजार ४०० बराबरको अबैध सामान बरामद गरेको छ । यसरी बरमद गरिएका सबै सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।
प्रहरीले बरामद गरेका अबैध सामान र मोटरसाइकल :

