Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा नक्कली स्टिकर बरामद प्रकरण : राजश्व अनुसन्धानद्वारा माउण्ट एभरेष्ट डिष्टिलरीमा छापा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा नक्कली स्टिकर बरामद प्रकरण : राजश्व अनुसन्धानद्वारा माउण्ट एभरेष्ट डिष्टिलरीमा छापा

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७८ · 0
रुपन्देहीमा नक्कली स्टिकर बरामद प्रकरण : राजश्व अनुसन्धानद्वारा माउण्ट एभरेष्ट डिष्टिलरीमा छापा
120
SHARES
ShareTweet

बुटवल, २८ भदौ । अन्तशुल्क छल्ने उद्देश्यका साथ छापिएको नक्कली स्टिकर बरामद भएको करिब १ महिनामा बल्ल राजस्व अनुसन्धान कार्यालयले अनुसन्धानमा तत्परता देखाएको छ ।
रुपन्देहीको तिलोत्तमामा रहेको क्रिष्टल बोटलर्स पछि अनुसन्धान कार्यालयले तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा रहेको माउण्ट एभरेष्ट डिष्टिलरी प्रा. लि. लाई पनि अनुसन्धानको दायरामा ल्याएको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलले आईतवार सो उद्योगमा चेकजाँच गरी उद्योग संग सम्बन्धित कागजात र कम्प्युटर सिपीयु नियन्त्रणमा लिएको छ । माउण्ट एभरेष्ट डिष्टिलरी प्रा.लि.मा पुगेको राजस्वको टोलीले सञ्चारकर्मीलाई भित्र पस्न निषेध गरेको थियो भने यस बिषयमा कुनै पनि प्रतिक्रिया दिन नमिल्ने भन्दै कार्यालयका प्रतिनिधी पन्छिएका थिए ।
राजस्व अनुसन्धान कार्यालयका प्रतिनिधिले कुनै प्रतिक्रिया नदिए पनि माउण्ट एभरेष्ट डिष्टिलरी प्रा.लि.का सञ्चालक प्रविन्द्र गोविन्द श्रेष्ठले राजस्व अनुसन्धान कार्यालय बुटवलको टोली नक्कली स्टिकरको बिषयमा अनुसन्धान गर्न र नियमित चेकजाँचको क्रममा उद्योगमा आएको बताउनु भयो ।
‘अहिले बजारमा नक्कली स्टिकरको चर्चा छ । यस बिषयमा अनुसन्धान हुनु स्वभाविक हो ।’ श्रेष्ठले भन्नुभयो– ‘यसै बिषयमा राजस्व अनुसन्धान कार्यालयको टोली उद्योगमा आएको थियो । हामीले टोली लाई सहयोग गर्दै सबै हिसाब किताब स्पष्ट पारेका छौं ।’
उद्योगी श्रेष्ठले थप अनुसन्धानको सिलसिलामा उद्योगका कागजपत्र र सिपियु राजश्वको टोलीले लगेको बताउनु भयो । भोली कार्यालय समयमा कार्यालयमै बोलाउनु भएको छ सम्भवतःभोलीनै सबै स्पष्ट हुन्छ उहांले भन्नु भयो । राजश्व टोलीले लगेको उद्योगको कागजपत्र र सिपियु फिर्ता नआए सम्म उद्योगको उत्पादन बन्द रहने पनि श्रेष्ठले जानकारी दिनुभयो ।
रुपन्देहीमा भदौ ५ गते सशस्त्र प्रहरी बल बेलहिया–डण्डाले मदिराका बोतलमा प्रयोग हुने नक्कली अन्तशुल्क स्टिकर बरामद गरेको थियो । लु.२ च. २५० नम्बरको गाडीमा भारत तर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली स्टिकर सहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अली पक्राउ परेका थिए । शसस्त्र प्रहरी बल डण्डा बर्डर आउट पोष्टबाट शसस्त्र प्रहरी निरिक्षक कृष्ण प्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल (प्रतिरोल ३ हजारका दरले जम्मा २ लाख ४० हजार) बरामद गरेको थियो ।
शसस्त्र प्रहरीले नक्कली स्टिकर बरामद गरेर राजश्व कार्यालय बुटवलमा बुझाए पनि यसको अनुसन्धानमा राजश्व कार्यालयले खासै चासो दिएको थिएन । मदिरा उद्योगमा आन्तरिक राजश्व कार्यालयको ईकाइ कार्यालय राखेर एकजना कर्मचारी नै खटाउने व्यवस्था छ । कर्मचारीकै प्रत्यक्ष निर्देशनमा अन्तशुल्कका स्टिकर टाँस्ने र निकासीका लागि राजश्व तिरेर आएपछि सोही कर्मचारीको रोहवरमा उत्पादित मदिरा बजारमा पठाउने कानुनी प्रावधान छ ।
आन्तरिक राजश्व कार्यालयका कर्मचारीकै मिलेमतो विना उद्योगले नक्कली स्टिकर र नक्कली मदिरा बनाउन सम्भव नहुने जानकारहरु बताउँछन् ।

≪ Previous Post

मञ्जुश्री फाईनान्स लिमिटेडको रुपन्देहीकोे ४ स्थानमा शाखा शुभारम्भ

Next Post ≫

रुपन्देही प्रहरीद्वारा ७ लाख बढीको अबैध सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क