Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मञ्जुश्री फाईनान्स लिमिटेडको रुपन्देहीकोे ४ स्थानमा शाखा शुभारम्भ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मञ्जुश्री फाईनान्स लिमिटेडको रुपन्देहीकोे ४ स्थानमा शाखा शुभारम्भ

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७८ · 0
मञ्जुश्री फाईनान्स लिमिटेडको रुपन्देहीकोे ४ स्थानमा शाखा शुभारम्भ
80
SHARES
ShareTweet

बुटवल, २८ भदौ । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको मञ्जुश्री फाईनान्स लिमिटेडले एकैपटक रुपन्देही जिल्लाको ४ स्थानमा शाखा कार्यालय स्थापनागरि सेवा शुभारम्भ गरेको छ । फाईनान्सले आफ्नो बाह्रौं, तेह्रौं चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम, र भैरहवामा स्थापनागरि कारोबार शुभारम्भ गरेको छ ।
मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समितिका अध्यक्ष र सञ्चालकहरुको सहभागितामा शाखा कार्यालयको उद्घाटन गरिएको हो । फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र विरगञ्जमा ११ वटा शाखा रहेका छन् । रुपन्देहीमा थप खोलिएको ४ सहित फाईनान्सका शाखा संख्या १५ पुगेको प्रमुख कार्यकारी अधिकृत संतोष निरौलाले बताउनु भयो ।
२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्तापुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ८ अर्ब ९१ करोड निक्षेप संकलनगरि ७ अर्ब ९५ करोड कर्जा लगानी गरेको छ । फाईनान्सको योगिकुटी शाखाकी शाखा म्यानेजर पुजा घिमिरेले फाईनान्सले लोकप्रियता कमाउनमा बचतमा बढी र लगानीमा कम व्याजदर लिनु र दिनु रहेको बताउनु भयो ।
यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिङ्ग, इन्टरनेट बैकिंङ्ग र एटिएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

≪ Previous Post

बुटवल उपमहानगर र सैनामैना नगरपालिकामा शून्य फोहोरको अवधारणा

Next Post ≫

रुपन्देहीमा नक्कली स्टिकर बरामद प्रकरण : राजश्व अनुसन्धानद्वारा माउण्ट एभरेष्ट डिष्टिलरीमा छापा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क