बुटवल, २७ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका अन्तर्गत कक्षा १२ मा सहभागि हुने १८ बर्ष पुरा भएका विद्यार्थीलाई कोरोना विरुद्धको पहिलो खोप लगाईने भएको छ ।
भदौ २८ गते बिहान १० बजे देखि ४ बजे सम्म प्रबेश पत्रको आधारमा चार वटा खोप केन्द्रमा उपलब्धताको आधारमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाईने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले एक सूचना जारी गरी कक्षा १२ को परीक्षामा सहभागि हुने १८ बर्ष पुरा भएका बिद्यार्थीहरुलाई प्रबेश पत्रको आधारमा बुटवल वडा नम्वर १ देखि ६ सम्मका बिद्यार्थीहरुलाई कान्ति मा वि खोप केन्द्रमा खोप लगाइने उल्लेख गरेको छ ।
यस्तै वडा नम्बर ७ देखि ९ सम्मका बिद्यार्थीलाई सिद्देश्वर लाल कुमारी मा वि, वडा नम्वर १० र ११ का बिद्यार्थीलाई नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक बिद्यालयमा र वडा नम्बर १२ देखि १९ सम्मका बिद्यार्थीलाई सेमलार स्वास्थ्य चौकीमा खोप लगाउने गरी खोप केन्द्र तोकिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिब प्रसाद रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ ।
