Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ डा. कोइरालाद्वारा गृह जिल्ला नवलपुरमा पार्टी सभापतिको उम्मेदवारी घोषणा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डा. कोइरालाद्वारा गृह जिल्ला नवलपुरमा पार्टी सभापतिको उम्मेदवारी घोषणा

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७८ · 0
डा. कोइरालाद्वारा गृह जिल्ला नवलपुरमा पार्टी सभापतिको उम्मेदवारी घोषणा
90
SHARES
ShareTweet

नवलपुर, २६ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा. शसांक कोइरालाले शनिबार आफ्नो निर्वाचन क्षेत्र नवलपुर आएर नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा आफु सभापतिको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।
नेपाली काँग्रेस नवलपुर जिल्ला देवचुली नगरपालिकाको पार्टी कार्यालय भवनको उद्घाटन गर्दै महामन्त्री कोइरालाले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उहांले भन्नुभयो – ‘गिरिजा बाबुले जसरी विराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको थियो, मैले पनि मेरो गृह जिल्ला आएर केन्द्रीय सभापति पदको लागि उम्मेदवारी घोषणा गर्दछु ।’
सकभर सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिंदै महामन्त्री कोईरालाले सहमति हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन गरेर जानुपर्नेमा जोड दिनुभयो । तर, उहांले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको समेत बताउनु भयो ।
देवचुली नगरपालिकाको दलदले बजारमा रहेको विपी स्मृति भवनमा नेपाली काँग्रेस देवचुली नगरपालिकाले पार्टी कार्यालय स्थापना गरेको छ । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतम, विष्णु लामिछाने, महेन्द्रध्वज जिसी लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रम देवचुली नगरपालिकाका नगर प्रमुख एवम् नेपाली काँग्रेस देवचुली नगरपालिकाका नगर सभापति पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

≪ Previous Post

थारु समुदाय र वड्का आत्वारी पर्वको समाजिक तथा संस्कृतिक महत्व

Next Post ≫

कक्षा १२ को परीक्षामा सहभागि हुने बुटवलका बिद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क