Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ थारु समुदाय र वड्का आत्वारी पर्वको समाजिक तथा संस्कृतिक महत्व
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

थारु समुदाय र वड्का आत्वारी पर्वको समाजिक तथा संस्कृतिक महत्व

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७८ · 0
थारु समुदाय र वड्का आत्वारी पर्वको समाजिक तथा संस्कृतिक महत्व
100
SHARES
ShareTweet

कमल चौधरी
नेपाल एक बहुजाती, बहुसंस्कृति र बहुधार्मिक देश हो । नेपाल विभिन्न जातजाती, धर्म, भाषा र संस्कृति भएका मानिसहरूको साझा थलो हो । विविधता सँगै यहाँ विभिन्न किसिमका भेषभुषा र सांस्कृतिले गर्दा नै नेपालको गरिमा बढेको छ । विभिन्न धर्म संस्कृति र परम्परा अनुसार नेपालका थारु समुदायले पनि परापूर्वकालदेखि आफ्नो धर्म, कला तथा संस्कृतिको संवद्र्धन र संरक्षण गर्दै आइरहेका छन् ।
थारु को हुन् ? उनीहरुको उत्पत्ति कसरी भएको हो ? भन्ने बारेमा विद्वान्हरु समेत अझै एक मत हुन सकेका छैनन् । यस सम्बन्धमा कसैले सिन्ध प्रदेशको ‘थर’ भन्ने ठाउँबाट आएका हुँदा थारु भए, भनेका छन्, भने कसैले यिनीहरुलाई मंगोल वर्गका मानेका छन् ।
पेशल दाहालले ‘नेपालको इतिहास र संस्कृति’ पुस्तकमा पहाडी प्रदेशमा बसोबास गर्ने मंगोल वर्गका मानिसहरु नै आर्य भाषा ग्रहण गरी तराईतिर बसाई सरेका हुन् भन्ने उल्लेख छ । फेरि अर्को थरी विचारमा ‘थरी’ (ग्राम प्रमुख) बाटै थारु भएको भन्ने पनि पाईन्छ । कसैको विचारमा त पहाडका मगर जाति नै तराईमा झरेर थारु भएका हुन् भन्ने छ भने कसैले मिश्रित जातीको रुपमा थारु लाई लिएका छन् ।
यसरी थारुहरुको उत्पत्ति सम्बन्धमा अनेक विचारहरु व्यक्त भएका छन् । स्पष्ट भन्न सकिने आधार भने केही छैन । जे भए पनि यो जाति प्राचीन समयदेखि नै तराईका मलिला फाँटहरु आवाद गरेर आइरहेका छन् ।
थारुहरुको मुख्य धर्म प्रकृति धर्म भएपनि यिनीहरुले हिन्दु धर्ममा आस्था राख्ने र देवी देवताहरुको पूजागर्ने प्रचलन रहेको पाईन्छ । थारु समुदायले मुख्यतया दशै, तिहार, माघी, जितिया, बड्का अत्वरी पर्व विशेष रुपले मनाउने गर्दछन् ।
पछिल्लो समय थारु समुदायले प्राचीन कालदेखि मनाउँदै आएको वड्का अत्वारी पर्वको निश्चित तिथि, मिति विच एकरुपता हुन नसक्दा बौद्धिक वर्गहरुको बहसको विषय बन्दै गएको छ ।
के हो वड्का अत्वारी ?
थारु समुदायको वड्का अत्वारी पर्वको निकै महत्व रहेको छ । यो पर्व आईतवार मनाईने हुँदा अत्वारी भनिएको हो । आईतवार लाई रविवार पनि भनिन्छ । रविवार अर्थात सूर्यको बार, सूर्य वारका दिन अर्थात आईतवार मात्र मनाईने पर्व वड्का अत्वारी थारु समुदायको विशेष पर्व हो । प्रकृतिका पुजारी थारु समुदायले विशेषगरी आराध्यदेव सूर्यको उपासना, पुजा आजा गरी वड्का अत्वारी पर्व धुमधाम रुपले मनाउने प्रचलन रहिआएको छ । ठाउँ विशेष अनुसार यस पर्वलाई पश्चिम तर्फ वड्का अत्वारी, वड्का आईतबार, अट्टवारी र पुर्व तर्फ रैव भनि फरक फरक नामले यस पर्वलाई धुमधाम संग मान्दै आएका छन् । अर्थात भाषागत रुपमा शब्द केही फरक भए पनि अत्वारी भनेको पनि आईतवार र रैब भनेको पनि आईतवार नै हो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।
तिथि मितिमा विवाद
धेरै बर्ष देखि थारु समुदायले मनाउँदै आएको बड्का अत्वारीको तिथि मितिमा अन्योलता हुने गर्दछ । यस बर्ष पनि ठाउँ अनुसार फरक फरक तिथिमा यस पर्वलाई मनाउदै आएका छन् । लुम्बिनी प्रदेशका दाङ्ग, बाँके, बार्दिया जिल्लामा प्रदेश सरकारले भदौ २७ गते अत्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस्तै लुम्बिनी प्रदेशकै थारु बहुल्यता भएका कपिलबस्तु, रुपन्देही र नवलपरासी जिल्लामा भने सर्वजानिक विदा दिइएको छैन । थारु कल्याणकारिणी जिल्ला कार्य समिति रुपन्देहीका जिल्ला अध्यक्ष सत्तिस कुमार चौधरीले रुपन्देहीमा असोज ३ गते बड्का अत्वारी पर्व मनाउने गरको बताउनुहुन्छ । प्रदेश सरकारले विदा नदिए पनि कपिलबस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जारी गरेको विज्ञप्तिमा बाणगंगा नगरपालिकामा भदौ २७ गते नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख छ ।
के हो प्रमुख आधार
थारु समुदायको वड्का अत्वारी पर्व ठाउँ अनुसार र चालचलनमा विविधता छ । यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरु छन् । पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनुपर्नेमा थारु समुदायका बौद्धिक वर्गहरुको लागि पनि बहसको विषय बन्दै आएको छ । अत्वारी, पर्वलाई कुशे औंसीको पहिलो आइतबार ‘बर्का अत्वारी’को रुपमा मानिन्छ । भने ‘पाँच अत्वारी’ पछि दशैं आउँछ । अथवा कुशे औंसी र दशैको बीचमा आउने पाँच आइतबारलाई अत्वारी मान्न सकिन्छ ।
‘वड्का अत्वारी’ पर्वलाई दाङ्ग, बाँके, बार्दिय, कैलाली, कंञ्चनपुर लगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायले यस वर्ष भदौं २७ गते धुमधाम रुपमा मनाउँदै छन् । यता कपिलबस्तु, रुपन्देही र नवलपरासी लगायतका जिल्लामा भने यो पर्व असोज ३ गते मनाउने गरिएको थारु अगुवाहरु बताउँछन् । जसले गर्दा थारु समुदाय भित्र यो पर्व कहिले मनाउने हो भन्ने बारे अझै अन्योल देखिन्छ । सामान्य रुपमा हेर्दा कपिलबस्तु, रुपन्देही र नवलपरासीमा तीज पछिको पहिलो आईतबारको दिनलाई वड्का अत्वारी पर्वको रुपमा मनाउने गरिएको छ । यद्यपि यो बड्का अत्वरी ठाउं अनुसारको प्रथा, परम्परा र प्रचलन अनुसार तिथि मिति निर्धारण गरिएको धार्मिक विश्वास रहिआएको पाईन्छ । जस्तै भाद्र शुक्लपक्ष प्रतिपदा देखि छैठौ दिन वा छैठौ दिन भित्र पर्ने आईतबार अछुत हुन्छ भन्ने मान्यता प्रचलनमा रहिआएको छ । भाद्र शुक्लपक्ष प्रतिपदाको छैठौ दिन भित्र पर्ने आईतवारलाई छठिया गईल अर्थात अछुत आईतवार भनि त्यस पछिको पहिलो आईतवारलाई बड्का आईतवारका रुपमा मनाउने प्रचलन रहिआएको थारु अगुवाहरु बताउँछन् ।
समाजिक तथा सांस्कृतिक महत्व
सोझा, इमान्दार र सांस्कृतिक रुपमा विशिष्ट पहिचान भएका थारु समुदाय यतिबेला अत्वारी पर्व मनाउनमा व्यस्त छन् । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा लिइने थारु समुदायको ‘बड्का अत्वारी’ पर्वले आफ्नो छुट्टै अस्तित्व र महत्व बोकेको छ । विशेषगरी ‘बड्का अत्वारी’ पर्वपछि थारु समुदायमा वर्षभरि मनाइने लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवम् सांस्कृतिक कार्यक्रमहरू आरम्भ भएको मानिन्छ । वर्षा ऋतुमा खेति सम्बन्धि काममा निकै व्यस्त रहने यो समुदायका व्यक्तिहरू यो पर्वपछि भने फुर्सदको समयमा टोल बस्तिमा सांस्कृतिक कार्यक्रम गरी रमाइलो गर्ने गर्दछन् । यो पर्वमा थारु समुदायमा एकसाता अगाडी देखिनै चेलिबेटीहरुलाई घरमा बोलाउने चलन छ । छोरी चेली, भन्जा, भन्जीहरु माईत र मामाको घर गएर रमाईलो गरी वड्का अत्वारी पर्व मनाउने गदैछन् । विशेष गरी यो पर्व आईतबारको दिन मनाइने हुंदा यस पर्वको नाम अत्वारी राखिएको थारु अगुवाहरु बताउँछन् । यो पर्वमा दिनभरी श्रद्धालु महिला पुरुषले व्रत बसी पिठोका विभिन्न परिकार बनाएर खाने प्रचलन छ । थारु समुदायमा एउटा छुट्टै विशेषता के छ भने आफूले बनाएको परिकारहरु छिमेकीको घरमा थोरै धेरै दिने चलन छ । त्यस्तै छिमेकीहरुले पनि आफूले बनाएको परिकारहरु सबैको घरघरमा पु¥याउने चलन छ । यसरी थारु समुदायमा सहयोग र साटासाटको भावना पहिलेदेखि नै चलिआएको पाईन्छ ।
अन्त्यमा
नेपालमा वड्का अत्वारीलाई ठाउँ विशेष र स्थानिय प्रथा, प्रचलन र परम्परा अनुसार फरक फरक तिथिमा मनाउन थालेको देखिन्छ । हुन त थारु समुदायको महान पर्वलाई एउटै तिथि मितिमा मनाउनुपर्ने हो । तर धेरै बर्ष देखि यसलाई कहिले र कुन तिथि मितिमा मनाउने हो भन्ने बहसको विषय बन्न पुगेको छ । पूर्व देखि पश्चिमका थारु समुदायका अगुवा बुद्धिजिवी, विभिन्न संघ संस्था, थारु कल्याणकारी सभाले यो विषयलाई गम्भिर रुपमा दिन जरुरी छ । यो विषयमा थारु अगुवाहरु किन चुकिरहेका छन् । यो विषयमा किन बहस भएको छैन । एउटै पर्वलाई ठाउं अनुसार भनेर दुई पटक मनाउनु राम्रो होइन । यस विषयमा सवै गम्भिर हुन जरुरी छ । राज्यले पनि सामाजिक तथा ऐतिहासिक महत्व बोकेको विभिन्न जातजाति, धर्म, संस्कृतिको भेष, भुषा, रितिरिवाजहरु लाई संरक्षण र प्रवर्दन गर्नु आवश्यक छ । लोप हुन लागेको थारु समुदायको ‘बड्का अत्वारी’ पर्वको संरक्षणको लागि राज्यले पनि विशेष पहल लिन आवशयक छ ।

≪ Previous Post

स्वर्गीय सरोज सिलवाल बन्दिको स्मृतिमा खुल्ला रक्तदान : ६५ युनिट रगत संकलन

Next Post ≫

डा. कोइरालाद्वारा गृह जिल्ला नवलपुरमा पार्टी सभापतिको उम्मेदवारी घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क