बुटवल, २६ भदौ । नेपाल नियमित रक्तदाता संघ ले सस्थाका सस्थापक अध्यक्ष स्वर्गीय सरोज सिलवाल बन्दीको १४ औं स्मृति दिवसको अवसरमा बुटवलको देविनगर चौपारीमा खुल्ला रक्तदान सम्पन्न गरेको छ ।
खुल्ला बृहत रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको संघले जनाएको छ । वि.स. २०६१ सालमा स्थापन गरि निरन्तररूपमा रगत व्यवस्थापन र रक्तदान गराउदै आएका सिलवालको रगतको व्यवस्थापनमै लाग्दै गर्दा सडक दुर्घटनामा परि वि.स.२०६४ सालमा मृत्यु भएको थियो । उहाँकै सम्झनामा सस्थाले रक्तदान गरेको नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दयाबहादुर सिलवालले जानकारी गराउनु भयो ।
नेपाल नियमित रक्तदाता संघले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान गर्दै आएको छ । यस क्षेत्रमा रगत अभाव हुन नदिन संस्थाले गर्दैं आएको रक्तदानलाई सबैले निकैे सह्रनिय कामका रुपमा लिने गरेका छन् ।
वर्तमान समयमा यस क्षेत्रमा रगत अभाव भएको हुदा र बुटवल उपमहानगरपालिका वडा न ११ सबै भन्दा धेरै जनसंख्या भएको वडा भएकाले यस्तो ठाउँमा रक्तदान गराउंदा धेरै मानिसलाई उत्प्रेरणा जगाउन सकिने सस्थाका सचिव महेश खनालले वताउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा न .११ का अध्यक्ष रामचन्द्र क्षेत्रीको आथित्यतामा भएको कार्यक्रममा नेपाल नियमित रक्तदाताका सल्लाहकार सुरेन्द्रकुमार शाक्य, नेपाल नियमित रक्तदाताका कानुनी सल्लाहकार दामोदर घिमिरे, सल्लाहकार लेखनाथ न्यौपाने, सल्लाहकार भिमसेन श्रेष्ठ, बुटवल वडा न. ११ का जनप्रतिनिधि नकुल शाही, नेपाल नियमित रक्तदाता संघका सस्थापक सदस्य तथा सिद्धार्थ नगर शाखाका अध्यक्ष संगम न्यौपाने, कपिलवस्तु शाखाका अध्यक्ष माधव घिमिरे, सैनामैना तथा कपिलवस्तु शाखाका सल्लाहकार गोबिन्द भण्डारी,बुटवल वडा न.११ का टोल विकास समितिका ले रक्तदानको अवश्यक्ता र महत्व माथी प्रकाश पार्नुभएको संघका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो । टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता, रक्तदान जीवनदान, जति धेरै रगत त्यति धेरै जीवन भन्ने मुल मन्त्रलाई लिएर संस्था अगाडि बढेको छ ।
