बुटवल, २२ भदौ । जनता समाजवादी पार्टी नेपालको बुटवल वडा नंं. ४ को भेलाले वडा कमिटी गठन गरेको छ । भेलाले इन्द्रबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा कमल बुढामगर र गोपाल मगर,सचिवमा मुना गुरुङ, सहसचिवमा ढाका पुन र कोषाधयक्षमा बसन्त थापा मगर चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा सरोज पौडेल, सूर्य पुन, मकर खान, दीपक थापा, तेजबहादुर राना, चमेली बुढाथोकी र राजेश बलामी मगर रहनुभएको छ । भेलामा जसपा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनाल र नवीन सुनुवार, प्रदेश अध्यक्ष अशोक यादव, युवा नेता नारायण नागिला, नगर अध्यक्ष वामदेव भुसाल, नगर सचिव तेजु राना लगायतले बोल्दै पार्टीको संगठन वडा तहसम्म विस्तार गरी आगामी निर्वाचनमा निर्णायक शक्ति बनाउन जुट्नुपर्नेमा जोड दिनुभएको थियो ।