रामकुमार श्रेष्ठ
नवलपरासी, २२ भदौ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १७ बाट नवलपुर प्रहरीले तास खेलिरहेका ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई १ लाख ५० हजार ८ सय ५० रुपैयाँ नगद र तीन बुक तास सहित पक्राउ गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा देवचुली–१७ बस्ने बर्ष ३६ का कमल महत्तो, देवचुली–१६ बस्ने बर्ष ३५ का सन्तोष सिग्देल, बर्ष ४९ का गोबिन्द थनेत, बर्ष ५८ का हिरा महत्तो र बर्ष ४३ का मणिराम महत्तो रहेका छन् । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिमको कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको नवलपुर प्रहरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताउनु भयो ।