Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेसको ४३ जिल्लाको वडा अधिबेशन सकियो : २१ जिल्लाको अनिश्चित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेसको ४३ जिल्लाको वडा अधिबेशन सकियो : २१ जिल्लाको अनिश्चित

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७८ · 0
काँग्रेसको ४३ जिल्लाको वडा अधिबेशन सकियो : २१ जिल्लाको अनिश्चित
100
SHARES
ShareTweet

बुटवल, २१ भदौ । नेपाली काँंग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ४३ जिल्लाको वडा अधिवेशन सकिएको छ । भदौ १८ गते देखि शुरु भएको अधिबेशन अन्तर्गत हिजो सम्म ४३ जिल्लाको वडा अधिबेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएका अरु १३ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ भने पार्टी केन्द्रीय कार्यालयले क्रियाशिल सदस्यता सूची टुंगो लगाउन नसकेका २१ जिल्लाको वडा अधिवेशन भने अनिश्चित देखिएको छ ।
नेपाली काँग्रेसले ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वटा वडामा भदौ १८ गते वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, २१ जिल्लाको क्रियाशील सदस्यताको विवाद नमिल्दा निर्वाचन समितिले अहिलेसम्म ती जिल्लाका क्रियाशील सदस्यहरुको नामावली पाउन सकेको छैन ।
काँग्रेस नेताहरुका अनुसार अरू दलबाट समायोजन भएर आएकालाई सदस्यता दिने मापदण्डका विषयमा २१ जिल्लाको सदस्यता सूची अड्केको हो । प्रदेश १ मा मोरङको सदस्यता सूची सार्वजनिक भएको छैन भने प्रदेश २ का सबै ८ जिल्लाहरु सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साको सूची पनि आउन बाँकी छ ।
यस्तै बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं र रसुवा, लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीको पनि सदस्यता सार्वजनिक भएको छैन ।

≪ Previous Post

तिलोत्तमाको पश्चिम पहुनी माविका विद्यार्थीलाई रेडियो सहयोग

Next Post ≫

अबिरल बर्षका कारण काठमाडौं उपत्यकाका नदीमा भीषण बाढी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क