Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा दुई लाख बढि मूल्यको अबैध सामान बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा दुई लाख बढि मूल्यको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · २० भाद्र २०७८ · 0
रुपन्देहीमा दुई लाख बढि मूल्यको अबैध सामान बरामद
80
SHARES
ShareTweet

भैरहवा, २० भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा कार्यालय मातहतका विभिन्न प्रहरी ईकाईहरुले विभिन्न मितिमा आफ्नो वडा ईलाकाहरुबाट दुई लाख बढिको अबैध माल–सामान बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको रोहिणी गाउँपालिका ६, ललितपुर पक्डिहवामा भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मूल्य रु.१६ हजार बराबरको अबैध चार बोरा चिनि बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनी र प्रहरी चौकी सुक्रौलीआमा रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको मायादेवि गाउँपालिका १, वरौलीमा भारत बाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा कपडा, चिनी–४ बोरा, खसी–४ वटा ,७ बोरा मटर गरी अन्दाजी मूल्य रु. ९५ हजार बराबरको अबैध सामान बरामद गरेको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोटहिमाई गाउँपालिका वडा नं.५ दुईमुहानमा भारतबाट युपी ५५ आर ११८२ नम्बरको मोटरसाईकलमा राखेर नेपाल तर्फ ल्याउदै गरेको २८ वटा ब्रोईलर कुखुरा र मोटरसाईकल सहित अन्दाजी मूल्य रु. ५८ हजार बराबरको ब्रोईलर कुखुरा मोटरसाईकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसरी बरामद गरिएको अबैध कुखुरा र मोटरसाईकल आवश्यक कारवाहीको लागि पशु सेवा क्वारेन्टाईन बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।
यस्तै ईलाका प्रहरी कार्यालय मर्चवार मातहत प्रहरी चौकी रोईनिहवा (खजहना) बाट खटिएको प्रहरी टोलीले जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्वर ५ सिद्धनाथमा भारत बाट अबैध रुपमा भन्सार छली चोरि–पैठारीगरी नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु.२४ हजार बराबरको १६ पिस कुर्था (सुट) बरामद गरेको छ । यसैगरी ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले जिल्लाको रोहिणी गाउँपालिकाको बिभिन्न स्थानवाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको अन्दाजी मूल्य रु. ३२ हजार बराबरको ६ बोरा चिनी र ४ बोरा हरियो मटर बरामद गरेको छ । यसरी विभिन्न मितिमा विभिन्न ठाउंमा स्थानिय व्यक्तिहरुको रोहवरमा बरामद गरिएको अबैध सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरी प्रवक्ता थापाले जानकारी गराउनु भयो ।

≪ Previous Post

भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति

Next Post ≫

तिलोत्तमाको पश्चिम पहुनी माविका विद्यार्थीलाई रेडियो सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क