Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति

संसारपोस्ट संवाददाता · २० भाद्र २०७८ · 0
भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति
90
SHARES
ShareTweet

काठमाडौं, २० भदौ । विगत केही दिन यता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुतला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।
दार्चुलामा जयसिंह धामीको ज्यान गरी भएको तुइन प्रकरणको विरोधमा काठमाडौंमा युवा विद्यार्थीले नारा जुलुस सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृहमन्त्रालयले आपत्ति जनाएको हो ।
गृहमन्त्रालयका सहसचिव÷प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाल सरकार सबै मित्रराष्ट्रहरुसंग पारस्परिक सम्वन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ भनिएको छ । मित्रराष्ट्रहरुसंगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न मन्त्रालयले विज्ञप्ति मार्फत आग्रह गरेको छ । ‘मित्रराष्ट्रहरुसंग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिदै आएको विदितै छ । भविष्यामा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने छ ।’ विज्ञप्तिमा भनिएको छ ।
मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही गरिने समेत गृहमन्त्रालयले जनाएको छ ।

≪ Previous Post

नेपालको समृद्धि पर्यटनबाट सम्भव छ : सदगुरु

Next Post ≫

रुपन्देहीमा दुई लाख बढि मूल्यको अबैध सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क