Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपालको समृद्धि पर्यटनबाट सम्भव छ : सदगुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपालको समृद्धि पर्यटनबाट सम्भव छ : सदगुरु

संसारपोस्ट संवाददाता · २० भाद्र २०७८ · 0
नेपालको समृद्धि पर्यटनबाट सम्भव छ : सदगुरु
70
SHARES
ShareTweet

खप्तडमा योग तथा मेडिटेशनको लागि काम गर्न पर्यटन वोर्डको आह्वान
काठमाडौं, २० भदौ । भारतीय प्रख्यात योग गुरु सदगुरु र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी बीच नेपालको पर्यटन प्रवद्र्धनका विषयमा शनिबार छलफल भएको छ । एकसाता अघि नेपाल आउनुभएका सदगुरुसँग भएको छलफलमा नेपालको पर्यटन प्रवद्र्धनका विभिन्न विषयमाथि छलफल भएको थियो ।
भेटका क्रममा सदगुरुले नेपाल एशियाको स्वीजरल्याण्ड भएको चर्चा गर्दै नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताउनु भयो । उहाँले नेपाल प्रकृतिको अनुपम उपहार भएको र यही नै स्वर्ग रहेको धारणा राख्नु भयो । ‘नेपाल सम्भावना नै सम्भावनाको देश हो । नेचर, कल्चर, एडभेन्चर यहाँ नभएको के छ ? आवश्यक छ त केवल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन । त्यो चिन्तन उजागर हँुदाको दिन नेपालको समृद्धिलाई कसैले राक्न सक्दैन ।’ उहाँले भन्नु भयो ।
नेपाल विश्वका अरु देश जस्तो नभई अलौलिक आनन्द प्राप्त गर्न सकिने देश भएकोले यहाँको मौलिकतालाई जगेर्ना गर्दै पर्यटन विकास गर्नु आजको आवश्यक्ता भएको उहांले बताउनु भयो । उहाँले योजनाबद्ध विकास विना दिगो विकास सम्भव नभएको धारणा राख्दै नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनावद्ध विकासमा लैजान सुझाव दिनुभयो । आउने दश वर्ष भित्रै नेपालको पर्यटनलाई जिडिपीको करिब ३० प्रतिशत योगदान दिने क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । त्यसको अपार सम्भावना नेपालमा छ तर गरिएन भने त्यो आउने पुस्ता माथीको अपराध हुने छ । यस्तै नेपालको मौलिक कला र संस्कृतिलाई पुस्तान्तरण गर्न पनि जरुरी छ । ’ उहाँले भन्नु भयो ।
भेटमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले कोभिडकै बीचमा सदगुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनु भयो । उहाँले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानताले गर्दा नेपाल र भारत बीच सहकार्य गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताउनु भयो । यस्तै उहाँले नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवद्र्धनकालागि सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको बताउनु भयो । उहाँले खप्तड जस्ता ठाउँमा सदगुरुलाई योग तथा मेडिटेशनका लागि काम गर्न समेत आह्वान गर्नु भयो । सदुगुरु नेपाली भूभाग लिमि भ्याली हुँदै नेपालबाटै कैलाश मानसरोवरको यात्रा गरी काठमाण्डौं फर्किनु भएको हो । उहाँसँगै विभिन्न देशका उहाँका अनुयायी तथा सहगोगी गरी करिब चालिस जना भन्दा बढिको समूह नेपालमा रहेको र उहाँहरु केही दिन नेपाल मै रहने पर्यटन बोर्डका सञ्चार परामर्शदाता टीपी भुसालले जानकारी दिनुभयो ।

≪ Previous Post

उद्योग व्यापार संघको वार्षिक कार्ययोजना कार्यशाला

Next Post ≫

भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क