Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योग व्यापार संघको वार्षिक कार्ययोजना कार्यशाला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योग व्यापार संघको वार्षिक कार्ययोजना कार्यशाला

संसारपोस्ट संवाददाता · २० भाद्र २०७८ · 0
उद्योग व्यापार संघको वार्षिक कार्ययोजना कार्यशाला
60
SHARES
ShareTweet

सामूहिक लगानीमा कृषि उद्यम शुरु गर्ने निर्णय
बुटवल, २० भदौ । उद्योग ब्यापार संघ बुटवलको वार्षिक कार्ययोजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कपिलवस्तुको बाणगंगा–३ राजापानीमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सामूहिक लगानीमा कृषिमा आधारित उत्पादनमूलक उद्यम शुरु गर्ने लगायतका योजनाहरु पारित गरेको छ ।
यस्तै संघको सचिवालयका लागि जग्गा प्राप्ति र भवन निर्माणको तयारी, सदस्यता बृद्धि, आजीवन सदस्यता वितरण, महिला उद्योगी–व्यवसायीलाई सीपमूलक तालीम दिने योजना पारित गरेको छ । यस्तै औद्योगिक प्रदर्शनी तथा सांस्कृतिक महोत्सवको तयारी, संघमा आवद्ध उद्योगी व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता तथा कोरोना नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गर्ने योजना पारित भएको छ । यस्तै मौद्रिक नीति, राजस्व, भन्सार, आयकर सम्बन्धी गोष्ठी र सेमिनार गरी उद्योगी व्यवसायीलाई जानकारी गराउने योजना पनि पारित भएको छ ।
यस्तै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकार मध्येबाट हरेक दुई वर्षमा एक–जना पत्रकारलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यस्तै प्राकृतिक विपद्बाट पीडित तथा अति विपन्न, अनाथ, अपाङ्ग वर्गलाई राहत र सहयोग प्रदान गर्ने योजना पनि संघले पारित गरेको छ ।
कार्यशाला गोष्ठीमा प्रशिक्षणमूलक मन्तव्य राख्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश महासचिव खिमनारायण पराजुलीले देशको अर्थतन्त्रको मेरुदण्ड उद्योगी व्यवसायी नै भएको उल्लेख गर्दै संघले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
संगठनका केन्द्रीय सदस्य एवं संघका पुर्व अध्यक्ष खेम श्रीसले परनिर्भर र आयातमुखी ब्यापारलाई निर्यातमुखी बनाउनेतर्फ संघको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । संघका निवर्तमान अध्यक्ष प्रविणबहादुर पाठकले राज्यलाई कर तिरेर योगदान दिने उद्योगी व्यवसायीका समस्या र मागप्रति सरकारी निकायले बेवास्ता गरेकाले दवाव दिनुपर्ने धारणा राख्नुभएको थियो ।
संघका अध्यक्ष गोबिन्दप्रसाद गैरेले अघिल्लो कार्यसमितिले अघि सारेका अधुरा कार्यलाई निरन्तरता दिंदै कार्याला गोष्ठीले पारित गरेका योजनाहरु पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यशालामा उद्योग उपाध्यक्ष विष्णुप्रसाद पाण्डे, वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी, महासचिव पदम जीसी, सचिव यमलाल मरासिनी, सहकोषाध्यक्ष नम्रता थापा, गोष्ठी संयोजक जनेश पन्थीले आआफ्ना धारणा राख्दै उद्योगी व्यवसायीका समस्या र सुख दुःखमा साथ दिंदै संघलाई साना, मझौला र ठूला सबैखाले उद्योगी, व्यवसायीको साझा र नेतृत्वदायी संस्था बनाउनुपर्ने प्रतिवद्धता जनाउनुभएको थियो । संघमा हाल ६ सय उद्योगी व्यवसायी आवद्ध छन् । कार्यशाला गोष्ठीपछि संघले बाणगंगाा लखनपारास्थित लुम्बिनी वहुउद्देश्यीय एग्रो फार्मको अवलोकन समेत गरेको थियो ।

≪ Previous Post

काँग्रेस तिलोत्तमा ८ को सभापतिमा पुनः अर्याल

Next Post ≫

नेपालको समृद्धि पर्यटनबाट सम्भव छ : सदगुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क