बुटवल, १९ भदौ । रोटरी क्लव अफ बुटवल बर्ष २०२१–२२ को दशौं र क्लवको १३८० औ नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा भर्चुअल रुपमा बसेको बैठकको एजेण्डा रोटरी इन्फर्मेशन रहेको थियो । बैठकमा रोटरी इन्फर्मेशनबारे जानकारी दिंदै रोटरी क्लव अफ पाटन साउथका पुर्व अध्यक्ष दिनेश मानन्धरले रोटरीमा आपसी भाइचाराको सम्बन्ध स्थापित नगरिकन सेवा गर्न नसकिने बताउनु भयो ।
रोटरी विशुद्ध सामाजिक संस्था रहेको र यसमा आवद्ध रोटरियनहरुले आफू र आफ्नो परिवार भन्दा माथि उठेर सेवा गर्नुपर्नेमा उहांले जोड दिनुभयो । जसले सेवा गर्न सक्छ, उसले नै रोटरीबाट फाइदा लिन सक्ने पनि मानन्धरले बताउनु भयो ।
त्यस अवसरमा रोटरियनहरु मणिरत्न पाण्डे, पुरन श्रेष्ठ लगायतले रोटरी सम्बन्धी विभिन्न जिज्ञासा तथा सुझाव राख्नुभएको थियो । बैठकमा क्लवका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकले गरेका निर्णयहरुबारे जानकारी गराउनु भएको थियो । त्यस्तै बैठकमा रोटरियन वासुदेव अर्याल, क्लवका पुर्व अध्यक्ष हुतानन्द खनाललगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो ।