मुख्यमन्त्री केसीलाई नौ मन्त्रालयको जिम्मेवारी
बुटवल, १९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले ९ मन्त्रालयको भारी बोक्नु भएको छ । गठबन्धन भित्र मन्त्रीका आकांक्षी धेरै र राजनीतिक समिकरण समेत जोगाउनुपर्ने बाध्यताले गर्दा मुख्यमन्त्री केसी आफैले मन्त्रालयको भारी बोकेर बस्नु भएको छ । मुख्यमन्त्री केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय,उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । चार दलीय गठवन्धनको सरकारमा राष्ट्रिय जनमोर्चा वाहेक तीन दल सहभागी छन् ।
यसैबीचसरकार गठन भएको एक महिना पुग्न लाग्दा पनि लुम्बिनीमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । तर, मन्त्रालयको जिम्मेवारी भने हेरफेर भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा साउन २८ मा गठित मन्त्रिपरिषदमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार मन्त्रालयको जिम्मेवारी हेरफेर र कार्य विभाजन गर्नुभएको हो ।
प्रदेश प्रमुख कार्यालयले शुक्रबार एक सूचना जारी गरि यसअघि ग्रामीण तथा शहरी विकास मन्त्री रहेका डिल्लीबहादुर चौधरीलाई पर्यटन समेत थपेर पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
सरकारकाप्रवक्ता समेत रहेकाआर्थिक मामिलामन्त्री कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थपजिम्मेवारी दिइएको छ ।
सरकारले मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालयको संख्या १३ पु¥याउने निर्णय गरेको थियो । मन्त्रालयको संख्या बढाउंदा मन्त्रालयको नाम समेत हेरफेर भएको थियो । सोही मन्त्रालयको नाम अनुसारको जिम्मेवारी थप गरिएको हो ।
यस्तै यसअघि विना विभागीय मन्त्री बनेका अजयबहादुर शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । जसपाका दुई मन्त्री पुरमति ढेंगा र सुमन शर्मा रायमाझी भने अशिले पनि विना विभागीय नै छन् ।
