Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली काँग्रेस रुपन्देहीमा महाधिबेशनको तयारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेस रुपन्देहीमा महाधिबेशनको तयारी

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७८ · 0
नेपाली काँग्रेस रुपन्देहीमा महाधिबेशनको तयारी
50
SHARES
ShareTweet

भैरहवा, १६ भदौ । नेपाली काँग्रेस रुपन्देही पार्टिको १४ औं महाधिबेसनको तिब्र तयारिमा लागेको छ । पार्टिको १४ औं महाधिबेसन यहि भदौ १८ गते वडा अधिबेशन संगै सुरु हुँदै छ ।
अधिबेशनको तयारी, निर्वाचन निर्देसिका तथा कार्यबिधि बारे काँग्रेस रुपन्देहीले बुधबार पार्टी कार्यालय भैरहवामा जिल्लाका १ सय ५५ वडा सभापति, पालिका, प्रदेश र क्षेत्रिय सभापतिहरुलाइ प्रशिक्षण दिएको छ । रुपन्देहीका १ सय ५५ वडा समितिहरुमा विहिवारदेखि नै १ सय ५५ जना निर्वाचन अधिकृतहरु खटिदै छन् ।
रुपन्देहिमा महाधिवेशनका लागि केन्द्रबाट खटिएका निर्वाचन अधिकृत भेषराज घिमिरेले निर्वाचन समिति अधिबेशनको लागि तयारीमा लागेको र बिहिबारसम्ममा सबै वडाहरुमा निर्वाचन अधिकृत खटाइने बताउनु भयो । निर्वाचन समितिले स्थानीय स्तरमा सहकार्य गरि अधिबेसन गर्ने र १८ गते सम्पन्न हुन नसकेका स्थानमा सहमतिमा अर्को दिन पनि निर्वाचन हुन सक्ने उहांले बताउनु भयो ।
काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जिल्लामा सर्बसम्मत नेतृत्व चयनको लागि अधिकतम प्रयत्न गरेने र वडा तहमा खटिने निर्वाचनकर्मीहरुलाइ यसमा सहयोग गर्न आग्रह गर्नुभयो । उहांले वडा तह बलियो भएमा पार्टी बलियो हुने हुँदा बिबाद रहित ढंगबाट अधिबेशन हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले अधिबेशन एउटा पर्व रहेको भन्दै सबैलाई सक्रियरुपमा सहभागि हुन आग्रह गर्नुभयो ।
पार्टी सचिब रामकृष्ण खाँणले सबै तहका अधिबेशन समयमै सम्पन्न हुने भन्दै लोकतन्त्र बलियो बनाउन काँग्रेस बलियो हुनुपर्ने र त्यसकोलागि वडा तह काँग्रेसको जग भएको बताउनु भयो ।
रुपन्देहीमा १ सय ५५ वडामा काँग्रेसका करिब २३ हजार क्रियाशिल सदस्य रहेका छन् । १८ गते हुने वडा तहका निर्वाचनमा वडा समिति संगै गाउँ\नगर, क्षेत्र र जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्ने र चयन गर्ने क्षेत्रिय प्रतिनिधिको निर्वाचन हुने छ ।

≪ Previous Post

लुम्बिनी प्रदेशसभामा जनता समाजवादीकी निर्मला निर्वाचित

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघका थप दुई बस्तुगत समिति गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क