Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी प्रदेशसभामा जनता समाजवादीकी निर्मला निर्वाचित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशसभामा जनता समाजवादीकी निर्मला निर्वाचित

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७८ · 0
लुम्बिनी प्रदेशसभामा जनता समाजवादीकी निर्मला निर्वाचित
60
SHARES
ShareTweet

बुटवल, १६ भदौ । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीले कारवाही गरेपछि रिक्त भएको प्रदेशसभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले एक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्सालको रिक्त भएको पदमा समानुपातिक मधेशी समावेसी समूहबाट निर्मलालाई निर्वाचित गरेको जनाएको हो ।
गत साउन ३२ गते जनता समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी बैठकको निर्णय अनुसार बन्द सूची उम्मेद्वार मध्येबाट मुडभरी भट्टराईलाई निर्वाचन आयोगको भदौ १० गते बसेको बैठकले रिक्त पदमा निर्वाचित गरेको आयोगको सूचनामा उल्लेख छ ।
जनता समाजवादी पार्टीले शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै कल्पना पाण्डे सहित सन्तोष कुमार पाण्डेय र विजयबहादुर यादवलाई कारबाही गरी प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो । लुम्बिनीमा अब प्रदेशसभा सदस्यहरुको संख्या ८१ पुगेको छ । जसपाले कारवाही गरेका २ जना भने प्रत्यक्ष निर्वाचित सांसद हुन ।

≪ Previous Post

एम्नेष्टीका नयाँ सदस्यलाई प्रशिक्षण र जनचेतनामुलक प्रदर्शन

Next Post ≫

नेपाली काँग्रेस रुपन्देहीमा महाधिबेशनको तयारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क