Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एम्नेष्टीका नयाँ सदस्यलाई प्रशिक्षण र जनचेतनामुलक प्रदर्शन
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एम्नेष्टीका नयाँ सदस्यलाई प्रशिक्षण र जनचेतनामुलक प्रदर्शन

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७८ · 0
एम्नेष्टीका नयाँ सदस्यलाई प्रशिक्षण र जनचेतनामुलक प्रदर्शन
70
SHARES
ShareTweet

बुटवल, १६ भदौ । एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलले नयाँ सदस्यहरुलाई प्रशिक्षण दिएको छ । एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलको स्थापना दिवसको अवसर पारेर नयाँ सदस्यलाई एम्नेष्टी र यसले गर्ने कामका बारेमा प्रशिक्षण दिइएको हो ।
बुधबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा समूहका पूर्व संयोजक तथा प्रशिक्षक शालिकराम वञ्जाडेले प्रशिक्षण दिनुभएको हो । एम्नेष्टी इन्टरनेशनल नेपालको मातहतमा रही काम गर्नेगरी समूह–१२ बुटवल २०४६ भदौ १७ गते स्थापना गरिएको थियो ।
एम्नेष्टी इन्टरनेशनल अप्रिल २८, १९६१ मा बेलायतमा स्थापना भएको संस्था हो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा आवाज उठाएका दुई जनालाई त्यहांको सरकारले थुनामा राखेपछि वेलायतका वकिल पिटर वेन्सनले एक पत्रिकामा आम माफि सम्बन्धि लेख लेख्नुभएको थियो । उक्त लेखका माध्यमबाट वेलायत सहित अन्य देशमा समेत अप्रिल फर एम्नेष्टी (आम माफी) अभियान सुरु भयो । उक्त अभियानमा जोडिएकाहरुले वेल्जियम सम्मेलनको आयोजना गरे र सोही वेल्जियम सम्मेलनले उक्त अभियानलाई मानव अधिकारको क्षेत्रमा वकालत गर्नेगरी एम्नेष्टी इन्टरनेशनल स्थापना गरेका हुन् ।
त्यसपछि अन्य राष्ट्रहरुले पनि एम्नेष्टी इन्टरनेशनललाई मान्यता दिन थाले । त्यतिवेला संयुक्त राष्ट्रसंघ, युनेस्को, युरोपियन युनियन लगायतका देशहरुले एम्नेष्टीलाई सल्लाहकारको रुपमा समेत राखेका थिए ।
नेपालमा भने एम्नेष्टी सन् १९७९ मा भित्रिएको हो । नेपालमा नुतन थपलियाले सन् १९७९ मा एम्नेष्टी इन्टरनेशनल नेपाल स्थापना गरेपछि विविध कारणले १९८२ मा मान्यता खारेज भयो । पछि नेपालको राजनैतिक व्यबस्था परिवर्तन भएर प्रजातन्त्र पुनःस्थापना भएपछि सन् १९९० मा कृष्ण पहाडीको नेतृत्वमा एम्नेष्टी इन्टरनेशनल नेपाल पुनःस्थापना गरिएको थियो । पछि सिके राउतको अभिव्यक्तिको विषयमा विवाद भएपछि उहाँले एम्नेष्टीबाट राजीनामा गर्नुभयो ।
हाल नेपाल सहित ८० हाराहारी देशमा एम्नेष्टी इन्टरनेशनलका शाखा छन् । त्यस्तै १५० बढी देशका नागरिकहरु यसका सदस्य छन् । ७ वटा देशमा प्रादेशिक कार्यालय र अन्तर्राष्ट्रिय सचिवालय छन् । त्यस्तै यसका विश्वमा ७ हजार ५ सय बढी समूह छन् । एम्नेष्टीले मुख्यतया कुनैपनि विषयमा अन्तर्राष्ट्रिय एक्यवद्धता कायम गर्ने गरेको छ । यो विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था हो । त्यस्तै नेपालमा एम्नेष्टी इन्टरनेशनल नेपाल मातहत सरदर ८०÷८५ वटा समूह छन् भने ६ हजारको हाराहारी सदस्य संख्या छ ।
यति ठूलो ईतिहास बोकेको संस्थाको बारेमा नयाँ सदस्यहरुलाई जानकारी गराउनको लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समूहकी संयोजक सरिता भारीले बताउनु भयो । उहाँले अरु संस्थाले जस्तो अनुसन्धान बिना नै धारणा व्यक्त नगर्ने भएकाले एम्नेष्टीले केही गर्दैनकी जस्तो देखिए पनि त्यस्तो नभएको र एम्नेष्टीले धेरै परिणाम दिएको दावी गर्नुभयो ।
कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपाल निर्माणाधिन महिला समूह बुटवलकी संयोजक जानकी नेपाल, राधा ज्ञवाली, कार्यक्रम संयोजक पूर्णबहादुर ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम सचिव बिमल बस्नेतको सञ्चालनमा भएको थियो ।
दिवसमा जनचेतनामुलक प्रदर्शन
बलपूर्वक वेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुटवलमा जनचेतनामुलक प्रदर्शन गरिएको छ । एम्नेष्टी इन्टरनेशनल नेपाल समुह–१२ बुटवल र निर्माणाधिन महिला समूह बुटवलले संयुक्त रुपमा जनचेतना मुलक प्रदर्शन गरेका हुन् । कार्यक्रममा दुबै समूहका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघमा औषधि बस्तुगत समिति गठन

Next Post ≫

लुम्बिनी प्रदेशसभामा जनता समाजवादीकी निर्मला निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क