भैरहवा, १६ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला मातहत ईलाका प्रहरी कार्यालय बेथरीबाट प्रहरी नायव निरीक्षक बिरबल कुमालको नेतृत्वमा मंगलबार दिउसो खटिएको प्रहरी टोलीले रुपन्देहीको मायादेबी गाउँपालिका वडा नं. ६, बेथरी बस्ने ३० बर्षीय अनुप कहारलाई अबैध लागु औषध सहित पक्राउ गरेको हो ।
प्रहरीले निज कहारले चलाएको लु ३३ प ३४७७ नम्वरको मोटरसाईकल रोकी चेक जांच गर्ने क्रममा निजको हाफ पाइन्टको दायाँ खल्तीमा नाईट्राभेट १० लेखेको १ पत्ता, मोटरसाईकलको टुलवक्स भित्र लुकाई छिपाई राखेको नाईट्राभेट १० लेखेको ६ पत्ता, वनरेक्स १०० एम एल को झोल सहितको सिलप्याक ४ बोत्तल बरामद गरी प्रहरीले निजलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । प्रहरीले आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देही बाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायाण थापाले जानकारी गराउनु भयो ।
