Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाली काँग्रेसको महाधिबेशनमा सक्षम र योग्य उम्मेदवार चयन गर्न जोड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेसको महाधिबेशनमा सक्षम र योग्य उम्मेदवार चयन गर्न जोड

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७८ · 0
नेपाली काँग्रेसको महाधिबेशनमा सक्षम र योग्य उम्मेदवार चयन गर्न जोड
100
SHARES
ShareTweet

बुटवल, १६ भदौ । नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले पार्टीको आशन्न १४ औं महाधिबेशनका लागि हुने वडा तहको निर्वाचनमा सक्षम र योग्य उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको वडा तहबाट चुनिएर जाने प्रतिनिधिहरु नै गाउँ, नगर, प्रदेश, जिल्ला र केन्द्रको नेतृत्वमा पुग्नेभएकाले वडा तहबाटै योग्य नेतृत्व चयन गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
नेपाली काँग्रेस तिलोत्तमा नगरपालिका वडा नम्बर ३, रुपन्देहीको मंगलबार भएको क्रियाशिल भेलामा बोल्ने पार्टीका नेता तथा क्रियाशिल सदस्यहरुले यो पार्टीको आन्तरिक निर्वाचन भएकाले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताए । निर्वाचनमै जानु परेपनि निर्वाचनबाट आउने परिणामलाई जित हारको रुपमा लिन नहुनेमा पनि उनीहरुले जोड दिएका छन् ।
भेलामा महासमिति सदस्य चित्र केसीले नेपाली काँग्रेस सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी भएकाले यसको सदस्य हुनुमानै गौरवको अनुभूति हुने बताउनु भयो ।
उहांले नेपालमा जन्मिदै बच्चाले ठूलो ऋणको भार बोक्नु पर्ने र प्रति ब्यक्ति आय पनि निकै कम भएकाले अब नेपाली काँग्रेसले मुलुकलाई अगाडी बढाउन र जनताको जीवनस्तर माथि उठाउन ऋणको भार कम गर्ने प्रति ब्यक्ति आय बृद्धि गर्ने जस्ता कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।
महाधिबेशन प्रतिनिधी चिरन्जिवी पौडेलले नेपाली काँग्रेसको आशन्न १४ औं महाधिबेशन पार्टीका लागि एउटा ऐतिहासिक पर्व र योग्य एबं सक्षम नेतृत्व चयन गर्ने अवसर समेत भएकाले वडा तहबाटै सही नेतृत्व चयनमा सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
पार्टीका रुपन्देही जिल्ला सदस्य हरिप्रसाद तिवारीले पार्टीलाई के कस्ता कार्यक्रम र कस्तो नेतृत्व चयन गर्दा बलियो र मजबुत पार्टी बनाउन सकिन्छ भन्ने कुरामा सबैले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो । निरन्तर पार्टीमा खट्ने हरेक कार्यकर्ताले पार्टीका हरेक तहमा जिम्मेवारी र अवसर पाउने र पार्टीले पनि सोही अनुसार मूल्यांकन गर्ने भएकाले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिष्प्रधा भन्दा सहमति र एकतामा जोड दिनुपर्ने बताउनु भयो ।
पार्टीका वडा सभापति कर्णबहादुर टण्डनको सभापत्वि र सचिव नेत्रबहादुर अधिकारीको संचालनमा भएको कार्यक्रममा क्षेत्रीय सदस्य ढालबहादुर कार्की, केशरी पाण्डे, तिलोत्तमा नगर सचिव रामबहादुर थापा, वडाध्यक्षका प्रत्यासी कल्याण पौडेल, जिल्ला प्रशिक्षण विभागका सदस्य चन्द्रकान्त खनाल, वडा समितिका सल्लाहाकार सोमनाथ सुबेदी, गौतम बुद्ध टोल समितिका सभापति राजु पौडेल, बिद्यार्थी नेता सुदिप शर्मा, क्रिाशिल सदस्य प्रेमकला भट्टराई, वडा उपसभापति टेकबहादुर जिसी लगायतले पार्टी संगठनलाई शसक्त र मजवुत वनाएर आगामी निर्वाचनमा पार्टीले सबै निकायमा विजय हासिल गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैविच क्रियाशिल भेलाकै अवसरमा वडा समितिले क्षेत्रिय सदस्य ढालबहादुर कार्कीको संयोजकत्वमा सनत गौतम र सुदिप शर्मा सदस्य रहेको वडा र क्षेत्रमा उम्मेदवारी दिन इक्षुक ब्यक्तिहरुको नाम संकलन गर्न गठन गरेको समितिमा ७० बढिले विभिन्न पदमा ईक्षा ब्यक्त गरेको संयोजक कार्कीले जानकारी गराउनु भयो ।
उहांका अनुसार वडा सभापतिमा ४, उपसभापतिमा ४, सचिवमा ४, सहसचिवमा ६, र सदस्यमा ११ जनाले र नगर प्रतिनिधिमा ४ जनाले ईक्षा ब्यक्त गरेका छन् । यस्तै क्षत्रीय प्रतिनिधी खुलामा २२, महिला ५, आदिबासी जनजाती ३, दलित २, मधेसी २ र अपाङ्ग १ जनाले नाम टिपाएका छन् । पार्टीको विधान अनुसार वडामा वडा सभापति १, उपसभापति २, सचिव २, सहसचिव २, सदस्य ७ र नगरमा प्रतिनिधित्व गर्न १ महिला र दुई पुरुषको ब्यवस्था रहेको छ । यस्तै २७० क्रियाशिल सदस्य यस वडाबाट क्षेत्रीय प्रतिनिधी खुला १०, महिला ५, आदिवासी जनजाती १, दलित १, मधेसी १ र अपाङ्ग १ जनाले प्रतिनिधित्व गर्ने ब्यवस्था छ ।
यसैविच सोही भेलाले विभिन्न पदमा ईक्षा गरेका ब्यक्तिहरुबाट सबैलाई अवसर र सम्मान दिने गरी सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न चित्र केसीको संयोजकत्वमा हरिप्रसाद तिवारी, ढालबहादुर कार्की, केशव शर्मा तिवारी र कल्याण पौडेल सदस्य रहेको समिति समेत गठन गरेको वडा सभापति कर्णबहादुर टण्डनले जानकारी दिनुभयो ।

≪ Previous Post

काउन बुटवल नगरमा १०० जना मजदुरले गरे रक्तदान

Next Post ≫

अबैध लागु औषध सहित १ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क