Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ काउन बुटवल नगरमा १०० जना मजदुरले गरे रक्तदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काउन बुटवल नगरमा १०० जना मजदुरले गरे रक्तदान

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७८ · 0
काउन बुटवल नगरमा १०० जना मजदुरले गरे रक्तदान
80
SHARES
ShareTweet

बुटवल, १६ भदौ । निर्माण क्षेत्रका मजदुरहरुको हकअधिकार स्थापित गर्ने र उनीहरुलाई आईपरेका समस्या समाधानका लागि क्रियाशिल नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ(काउन)ले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
विगत धेरै बर्षदेखि निरन्तर रक्तदान गर्दै आईरहेको नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ बुटवल नगर समिति रुपन्देहीले १२ औं स्थापना दिवसको अवसर पारेर काउनकै कार्यालय बुटवल कालिकानगरमा रक्तदान गरेको छ ।
कोरोनाको तेस्रो लहर शुरु भएको र अस्पतालमा बिरामीहरुको चांप संगै रगतको माग समेत बढेको कुरालाई मध्येनजर गरी कोरोना त्रासका विचमा पनि काउन बुटवल नगर समितिले सुरक्षा मापदण्ड अपनायर मानविय सेवा अन्तर्गत रक्तदान कार्यक्रम गरेको नगर अध्यक्ष तिलबहादुर हिस्कीले जानकारी गराउनु भयो ।
काउनका राष्ट्रिय अध्यक्ष जेवि गुरुङले रक्तदाताहरुलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहांले विभिन्न आविष्कारको वावजुद पनि कृत्रिम रगत बनाउन नसकिरहेको अवस्थामा स्वस्थ ब्यक्तिले दान गरेको रगत नै रगतको आवशयक पर्ने विरामीका लागि बरदान सावित हुने भएकाले काउनले रक्तदानलाई प्राथमिक्तामा राखेर निरन्तर रक्तदान गर्दै आईरहेको बताउनु भयो । रक्तदान गर्ने विभिन्न संघसंस्था मध्ये काउन बुटवल नगर समिति सबैभन्दा धेरै रक्तदान गर्ने संस्थाको रुपमा स्थापित हुन सफल भएको भन्दै उहांले संस्थालाई बधाई सहित कार्यक्रमलाई निरन्तर जारी राख्न आग्रह गर्नुभयो ।
सो कार्यक्रममा १०० जना मजदुर तथा मजदुर नेताहरुले रक्तदान गरेका काउनका रुपन्देही जिल्ला सचिव सन बहादुर थापाले जानकारी दिनुभयो ।
काउनका बुटवल नगर अध्यक्ष तिलबहादुर हिस्कीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्तदानका लागि सबैलाई जागरुक बनाउने अभियानमा लागेका नियमित रक्तदाता समूह रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलाई काउन नगर समितिले सम्मान गरेको छ । चौहानलाई काउनका राष्ट्रिय उपाध्यक्ष ओम प्रकाश चौधरीले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा काउन रुपन्देहीका अध्यक्ष सूर्यदेव दास, नियमित रक्तदाता समूह रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलगायतले बोल्दै मानव जीवन बचाउनका लागि हरेक स्वस्थ ब्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्नुपर्ने बताउनु भयो । रक्तदानमा प्राविधिक सहयोग नेपाल रक्त सञ्चार केन्द्र बुटवलले गरेको थियो ।

≪ Previous Post

बुटवल ज्योतिनगरमा पहिरो खस्ने क्रम जारी, पहिरोका कारण ५० बढि घरमा क्षति

Next Post ≫

नेपाली काँग्रेसको महाधिबेशनमा सक्षम र योग्य उम्मेदवार चयन गर्न जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क