Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एमाले बुटवल उपमहानगर कमिटीले विकास निर्माणको निगरानी गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले बुटवल उपमहानगर कमिटीले विकास निर्माणको निगरानी गर्ने

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७८ · 0
एमाले बुटवल उपमहानगर कमिटीले विकास निर्माणको निगरानी गर्ने
80
SHARES
ShareTweet

बुटवल, १६ भदौ । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले सरकारले अगाडि सारेका केन्द्रदेखि स्थानीय तहसम्मका विकास निर्माण लगायतका योजनाहरु कार्यान्वयनका लागि निगरानी गर्ने भएको छ । एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीका अनुसार यसका लागि हरबखत चनाखो हुने र विकास निर्माण र जनहितका पक्षमा अझ प्रभावकारी काम गरिने छ । त्यस्तै एमाले नेतृत्वको सरकारले आरम्भ गरेका रुपान्तरणकारी परियोजना, सामाजिक न्यायका अभियान र बाह्य सम्बन्ध सुदृृढीकरणका कामलाई निरन्तरता दिन दवाव दिइने छ ।
त्यस्तै एमालेले यही भदौ २० गतेभित्र शाखा तथा वडा कमिटीहरु र सबै जनसंगठनहरुको भेला तथा बिस्तारित बैठकहरु सम्पन्न गरिसक्नुपर्ने, आगामी असोज १२ गतेसम्म वडाभित्र रहेका टोल विकास संस्थाका आधारमा टोल भेला आयोजना गरी टोल कमिटी निर्माण गरिने अध्यक्ष पन्थीले बताउनुभयो । त्यस्तै विभिन्न कारणले सदस्यता नविकरण गर्न छुटेकाहरुको नविकरण गर्ने, नयाँ सदस्यता वितरणमा तिव्रता दिने, सामुदायिक संघसंस्था र सबै समुदायमा पार्टी निर्माण र बिस्तार गर्ने योजना एमालेले बनाएको छ । सम्बन्धित जनसंगठनहरुको नगर, वडा तथा शाखास्तरका सम्मेलनहरु असोज १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने एमाले बुटवल उपमहानगर कमिटीले निर्णय गरेको छ ।
साथै एमालेले पार्टी सुदृृढीकरण अभियानका लागि विभिन्न नेताहरुलाई आवश्यक समन्वय र नेतृत्वका लागि सहयोग गर्न अनुरोध गरेको छ । बुटवल वडा नम्बर ४ मा हरि कार्की, ५ मा कृष्ण पोखरेल र बुटवल–६ मा बाबुराम भट्टराईलाई आवश्यक समन्वय र निर्देशनका लागि अनुरोध गरिएको नगर अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।

≪ Previous Post

अबैध लागु औषध सहित १ जना पक्राउ

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघमा औषधि बस्तुगत समिति गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क