Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघको वार्षिक साधारण सभा असोजमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघको वार्षिक साधारण सभा असोजमा

संसारपोस्ट संवाददाता · १४ भाद्र २०७८ · 0
बुटवल उद्योग बाणिज्य संघको वार्षिक साधारण सभा असोजमा
80
SHARES
ShareTweet

बुटवल, १४ भदौ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको साधारण सभा आगामी असोजमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको ६८ औं वार्षिक साधारण सभा आगामी असोज १८ गते गर्ने निर्णय गरेको हो ।
बैठकले साधारण सभा सम्पन्न गर्नको लागि कार्यसमिति सदस्यहरुलाई बिभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । साधारण सभाको लागि हल तथा मञ्च व्यबस्थापनमा प्रकाश श्रेष्ठ, किट व्याग तथा रजिस्ट्रेसनमा दीपक चापागाई, प्रस्ताव समितिमा प्रतिक पोखरेल, खाना तथा जलपानमा आनन्द वझा, स्वागत तथा व्याचमा जमुना पौडेल तथा सदस्यता मत सर्वेक्षण तयारीको लागि संजय कलवार जयसवाललाई जिम्मेवारी प्रदान गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी दिनुभयो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय बोर्ड सदस्यमा मनोनित हुनु भएकोमा बधाई ज्ञापन गरेको छ । त्यस्तैगरी संघको विधान संशोधनको लागि सल्लाहाकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकमा कोरोना महामारीका कारण संघका गतिबिधि समेत प्रभावित भएको बताउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले त्यसका बावजुद पनि संघले उल्लेखनीय काम गरेको जानकारी गराउनु भएको थियो । संघले गर्ने कार्यक्रममा बोर्डका पदाधिकारी सदस्यहरुलाई रचनात्मक सहयोगको लागि समेत उहांले आग्रह गर्नुभयो ।
बैठकमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्षहरु अर्जुनमान सैंजु, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल लगायत पदाधिकारी सदस्यहरुले आआफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

बाढी र पहिरोका कारण बुटवलको ज्योतिनगर उच्च जोखिममा

Next Post ≫

बुटवल ज्योतिनगरमा पहिरो खस्ने क्रम जारी, पहिरोका कारण ५० बढि घरमा क्षति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क